नेपाल प्रहरीका चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस शनिबार, जेठ ५, २०८१

यस्तो छ आजको मौसम पूर्वानुमान शनिबार, जेठ ५, २०८१ हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

शिवशिखर र इमेज सहकारीका सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २८ अर्ब बिगो माग शुक्रबार, जेठ ४, २०८१ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भक्तपुरको शिवशिखर सहकारी संस्था र बागलुङको इमेज सहकारी संस्थाका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।सहकारी ठगी गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विभागले शिवशिखर सहकारीका केदारनाथ शर्मा, उनकी श्रीमती गीता शर्मा र तेजबहादुर तामाङ तथा इमेज सहकारीका देवकुमार नेपालीविरुद्ध मुद्दा दायर गरेको हो। शिवशिखरको...

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य शुक्रबार, जेठ ४, २०८१ सचिवालयका सूचना अधिकारी युवराज जैशीले सरकार गठन र विघटन लिने बाहेक अन्य काम नभएको बताए। यसअघि बिहीबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका केही सांसदको वेल घेराउ र नाराबाजीका बाबजुद मुख्यमन्त्री दीर्घबहादुर सोडारीको विश्वासको मत लिनेसम्बन्धी कारबाही अघि बढाइएको थियो। नेकपा एकीकृत समाजवादी संसदीय...

सगरमाथामा एक सातादेखि बेपत्ता मंगोलियन आरोहीको शव फेला पर्यो शुक्रबार, जेठ ४, २०८१ झण्डै एक सातादेखि सगरमाथा चुचुरो नजिकबाट हराइरहेका दुई मंगोलियन अल्पाइनिस्टमध्ये एक जनाको शव शुक्रबार फेला परेको छ।खोज तथा उद्धारमा संलग्न काठमाडौंस्थित एटके एक्सपिडसनका निर्देशक लाक्पा थेन्डू शेर्पाका अनुसार आइतबार साँझ सगरमाथा चुचुरो नजिकै ७ हजार ९ सय ५० मिटर उचाईमा रहेको चौंथो शिविरभन्दा माथिबाट हराएका थिए।

दाङबाट काठमाडौं आउँदै गरेको नाइट बस दुर्घटना, १० यात्रु घाइते शुक्रबार, जेठ ४, २०८१ घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं. ३-०१००६ ख ०९७५ नम्बरको बस दुर्घटना हुँदा १० यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताए।

घरमा कोही नभएको समयमा चोरी गर्ने गिरोह पक्राउ शुक्रबार, जेठ ४, २०८१ ललितपुरको खोकनास्थित एक घरमा कोही नभएको बेला गहना र आइफोन चोरीमा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।ललितपुरको ललितपुर महानगरपालिका-२१ खोकनास्थित नवराज गुरुङको घरमा कोही नभएको समयमा सुनचाँदीका गरगहना, नगद तथा आइफोन चोर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ बिहीबार पक्राउ गरेका हो।

कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बालेन शुक्रबार, जेठ ४, २०८१ काठमाडौं महानगरका मेयर बालेन शाह कान्स फिल्म फेस्टिभलको ७७औँ शृङ्खलाको रेड कार्पेट सहभागी भएका छन्।बालेन कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म फेस्टिभलमा सहभागी भएका हुन्।बालेन फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

नेता कार्यकर्तालाई मूलधारमा फर्किन उपेन्द्र यादवको आव्हान शुक्रबार, जेठ ४, २०८१ उनले भनेका छन्, 'जसपा नेपाल एक विशिष्ट सोच, सिद्धान्त र एजेन्डा बोकेको पार्टी हो। जसले उत्पीडित राष्ट्रियताको मुक्ति, हिमाल, पहाड र तराई/मधेसबीचको पारस्परिक सम्मान र एकता निर्माण गर्न संगठन भएकोले पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्र लगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमवश...

चट्याङ लागेर पश्चिम बङ्गालमा १२ जनाको मृत्यु शुक्रबार, जेठ ४, २०८१ भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ लागेर १२ जनाको मृत्यु भएका छन्। साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग शनिबार वार्ता गर्ने शुक्रबार, जेठ ४, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताहरूबीच शुक्रबार साँझ हुने भनिएको भेटघाटको तालिका सरेको छ। शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट तय भएको थियो। तर, उक्त भेट शनिबार बिहानमात्रै हुने भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

कोशीमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ शुक्रबार, जेठ ४, २०८१ कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन्। नव नियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन्।मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद्को विस्तार गरेका हुन्। मुख्यमन्त्री कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन्।
![काठमाडौं–तराई–मधेस फास्ट ट्र्याक लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु' [तस्बिरसहित]](https://newsgriha.com/uploads/posts/4-1715948301.jpg)
काठमाडौं–तराई–मधेस फास्ट ट्र्याक लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु' [तस्बिरसहित] शुक्रबार, जेठ ४, २०८१ नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु' भएको छ। प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १ हजार ६३३ मिटर लम्बाइ रहेको सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले...









