News Griha :: न्यूजगृह
फुटबलरको बिदाई : दुई दशक खेलेर सन्यास लिँदैछन् सुनील क्षेत्री
फुटबलरको बिदाई : दुई दशक खेलेर सन्यास लिँदैछन् सुनील क्षेत्री भारतीय फुटबल कप्तान सुनील क्षेत्रीले एक महिनापछि अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिने घोषणा गरेका छन्।आउँदो महिना हुने विश्वकप छनोट खेलपछि सन्यास लिने क्षेत्रीले बताएका छन्। कुवेतविरुद्धको छनोट खेलपछि उनले देशको फुटबल खेलमा आफ्नो दायित्व पूरा हुने ठानेका छन्। त्यसपछि विश्राम लिने उनको चाहना छ। 
कपनबाट पेस्तोलसहित १ जना पक्राउ
कपनबाट पेस्तोलसहित १ जना पक्राउ काठमाडौंको कपनबाट पेस्तोलसहित १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका-११ कपन पैयुँटार डेरा गरी बस्ने सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ घर भएका २३ वर्षीय अर्जुन दर्नाल सुनार छन्।
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटक वृद्धि 
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटक वृद्धि  चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ। तेस्रो मुलुकका पर्यटकको संख्यामा वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म दुई लाख ७२ हजार नौ सय ४२ पर्यटकले निकुञ्ज क्षेत्र अवलोकन गरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
‘गाउँ आएको बाटो’ को चिठ्ठी प्रतियोगिताः विजेतालाई मोबाइल  
‘गाउँ आएको बाटो’ को चिठ्ठी प्रतियोगिताः विजेतालाई मोबाइल   निर्देशक नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ले ‘चिठ्ठी प्रतियोगिता’को आयोजना गरेको छ। 
कोशीको मन्त्रिमण्डल विस्तार, कसलाई के जिम्मेवारी? 
कोशीको मन्त्रिमण्डल विस्तार, कसलाई के जिम्मेवारी?  कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रिमण्डल विस्तार गर्दै १० सदस्यीय बनाएका छन्।  विस्तारित मन्त्रिमण्डल अनुसार आर्थिक मामिला तथा योजनामन्त्रीमा रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लिलाबल्लभ अधिकारी, स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की रहेका छन्। त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्रीमा गणेश उप्रेती, सिँचाइ तथा उर्जा मन्त्रीमा एकराज कार्की...
दुई तहका विद्यार्थीलाई एउटै कक्षामा पढाइ
दुई तहका विद्यार्थीलाई एउटै कक्षामा पढाइ दाङको राप्ती गाउँपालिका–४ स्थित रात्रि प्रावि मौरीघाट गाउँको बीचमा भए पनि विद्यार्थीको अवस्था न्यून छ। गाउँ ठूलो भए पनि उचित व्यवस्थापन नहुँदा विद्यार्थीको आकर्षण रहँदैन भन्ने कुराको एउटा उदाहरण उक्त विद्यालय बनेको छ।
बढेको बढ्यै गर्मीः अधिकतम तापक्रम ४० डिग्रीमाथि
बढेको बढ्यै गर्मीः अधिकतम तापक्रम ४० डिग्रीमाथि नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ। देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ। 
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी। त्यही झाडी छेउमा दुई जीर्ण भवन छन्। खिया लागेका जस्ताले छाएको छानो। मक्किएका झ्याल ढोका। लेखिएको भित्ते लेखन र झ्यालमा अड्याएर राखिएको झन्डामा यहाँ पुग्ने हरेकको नजर ठक्क रोकिन्छ। 
लागुऔषध कारोबारको उच्च जोखिममा बाँके
लागुऔषध कारोबारको उच्च जोखिममा बाँके बाँके जिल्ला लागुऔषध कारोबारको उच्च जोखिममा रहेको छ। भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागुऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाछ पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। 
अन्ततः आइतबारसम्मका लागि सर्‍यो संसद् बैठक 
अन्ततः आइतबारसम्मका लागि सर्‍यो संसद् बैठक  संसद् बैठक आगामी जेठ ६ गते आइतबारसम्मका लागि सारिएको छ।आज बिहानका लागि बैठक आह्वान गरिएको थियो। तर संसद्मा जारी अवरोध हट्ने संकेत नभएपछि दिउँसो २ बजेसम्मका लागि बैठक सारिएको थियो।संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति...
खुकुरी प्रहरी गरी फरार १० जना पक्राउ 
खुकुरी प्रहरी गरी फरार १० जना पक्राउ  कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।
ओलीले भने– हिजो कांग्रेसले संसद्मा अपशब्द बोल्यो 
ओलीले भने– हिजो कांग्रेसले संसद्मा अपशब्द बोल्यो  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उत्ताउलो व्यवहार देखाएको टिप्पणी गरेका छन्। शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले बिहीबार आफू भएको ठाउँमा आएर कांग्रेसले अभद्र व्यवहार गरेको बताए।‘कांग्रेसले उत्ताउलोपन देखाएर म भएको ठाउँमा आएर मन्त्रीको रो भित्र छिर्न खोज्ने,...
Weather Update