कपनबाट पेस्तोलसहित १ जना पक्राउ

काठमाडौं— काठमाडौंको कपनबाट पेस्तोलसहित १ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका-११ कपन पैयुँटार डेरा गरी बस्ने सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ घर भएका २३ वर्षीय अर्जुन दर्नाल सुनार छन्।
अवैध हातहतियार लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट १ थान कटुवा पेस्तोल र १ थान मोबाइल बरामद गरेको छ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१ १७:२७













