समय मागेर विपक्षी दलहरुसँगको छलफलमा कांग्रेस, संसद् बैठक ढिला हुने शुक्रबार, जेठ ४, २०८१

सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक शुक्रबार, जेठ ४, २०८१ सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने निर्णय गरेको छ। उक्त संशोधन विधेयक फिर्ता लिनका लागि सरकारले संसद् सचिवालयमा पत्र पठाइसकेको संसद् सचिवालय स्रोतले न्यूजगृहलाई जानकारी दिएको छ। ‘उक्त विषयको पत्र संसद् सचिवालयमा दर्ता भएको छ,’ स्रोतले भन्यो।
-1715924103.jpg)
अमेरिकाले लगायो उत्तर कोरियाबाट रुसमा हतियार ओसार्ने पाँच व्यक्ति र संस्थामाथि प्रतिबन्ध शुक्रबार, जेठ ४, २०८१ अमेरिकाले उत्तर कोरिया र रुसबीच हतियार ओसारपसार गर्ने पाँच व्यक्ति र संस्थाहरूमाथि प्रतिबन्ध लगाएको छ।अमेरिकी ट्रेजरी विभागका अनुसार ती पाँच व्यक्तिहरूको सैन्य सामग्री ओसारपसारमा नियन्त्रण गर्ने र उनीहरुको अवैध कारोबार सार्वजनिक गर्ने प्रयासमा तथ्यहरु खुलेपछि यस्तो निर्णय गरिएको बिहीबार जनाएको छ।

कांग्रेसले भन्यो– सभामुखको भूमिका समेत निष्पक्ष भएन, विरोध कायमै रहन्छ शुक्रबार, जेठ ४, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा सभामुखको भूमिका निष्पक्ष नभएको निष्कर्ष निकालेको छ। आज बसेको कांग्रेसको संसदीय दलको बैठकले सभामुख तटस्थाको पद भए पनि सभामुखले आफ्नो गरिमा कायम राख्न नसकेको निष्कर्ष निकालेको हो।बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको विरोधकाबीच सभामुख देवराज घिमिरेले सभा सञ्चालन गरेका थिए। जसको...

जनकपुरमा आज धुमधामका साथ जानकी नवमी मनाइँदै शुक्रबार, जेठ ४, २०८१ प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी मनाइँदैछ। आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ। बिहीबारदेखि नै यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न हुँदैछन्।

जनकपुर–जयनगर रेल भोलिबाट ३ दिन बन्द हुँदै शुक्रबार, जेठ ४, २०८१ भारतमा हुन गैरहेको लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेलसेवा भोलि (शनिबार) देखि तीन दिन बन्द हुने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले भोलिदेखि जेठ ७ गते (सोमबार) सम्म रेलसेवा पूर्णरूपमा बन्द रहने जानकारी दिएका छन्।

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह शुक्रबार, जेठ ४, २०८१ विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ। आगामी दुई दिन अत्याधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ।

कांग्रेसले बोलायो विपक्षी दलको बैठक शुक्रबार, जेठ ४, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा भइरहेको घटनाक्रमको बारेमा छलफलका लागि विपक्षी दलको बैठक बोलाएको छ। केहीबेरमा अन्य विपक्षी दलहरुसँग समेत छलफल गर्न लागिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले न्यूजगृहलाई जानकारी दिए। ‘संसद्मा भइरहेको घटनाक्रमको विषयमा छलफलका लागि हामीले विपक्षी दलहरुसँग पनि छलफल गर्न लागेका छौँ,’ उनले भने।बिहीबार संसद्मा...

बागमती प्रदेशमा १० महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व उठ्यो शुक्रबार, जेठ ४, २०८१ सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा १ लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ।

च्याटजीपीटीको नयाँ संस्करण जीपीटी-४० लन्च, यस्ता छन् विशेषता शुक्रबार, जेठ ४, २०८१ माइक्रोसफ्ट जस्ता ठूला प्रविधि कम्पनीहरूले ओपनएआईमा १३ अर्ब डलरभन्दा बढी लगानी गरेका छन्। कम्पनीले च्याटजीपीटीलाई आफ्नो सर्च इन्जिन ‘बिङ’ मा पनि एकीकृत गरेको छ। धेरै कम्पनीहरू पनि च्याटजीपीटी प्रयोग गर्न उत्सुक छन्। यस्तो अवस्थामा, यस एआई आधारित च्याटबोटको प्रयोग आगामी दिनहरूमा अझ फैलिने अपेक्षा गरिएको छ।

गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकसहित १२ घाइते शुक्रबार, जेठ ४, २०८१ बिहीबार साँझ गुल्मीको रुरुक्षेत्रमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

आईपीएलमा आज मुम्बई र लखनउ खेल्दै शुक्रबार, जेठ ४, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ।आज मुम्बई इन्डियन्स् र लखनउ सुपर जायन्ट्बीच खेल हुँदै छ। मुम्बईको वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुनेछ।
![यस्तो छ आज विदेशी मुद्राको खरिदबिक्री रेट [हेर्नुहोस् सूची]](https://newsgriha.com/uploads/posts/euro-money1679016003.jpg)
यस्तो छ आज विदेशी मुद्राको खरिदबिक्री रेट [हेर्नुहोस् सूची] शुक्रबार, जेठ ४, २०८१ नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राहरूको मूल्य बढेको छ।









