आईपीएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ।
आज मुम्बई इन्डियन्स् र लखनउ सुपर जायन्ट्बीच खेल हुँदै छ। मुम्बईको वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुनेछ।
जारी आईपीएलमा मुम्बई प्लेअफको दौडबाट बाहिरिइसकेको छ। मुम्बईको १३ खेलमा ८ अंक रहेको छ र अंकतालिकामा पुछारमा छ। आजको खेलको नतिजाले मुम्बईलाई कुनै असर पर्दैन।
त्यस्तै लखनउ सुपर जायन्ट्ले आजको खेलमा फराकिलो अन्तरको जित हासिल गरेमा प्लेअफको दौडमा रहेपनि अलि असम्भव देखिन्छ। लखनउको १३ खेलमा १२ अंक रहेको छ अंक तालिकामा सातौँ स्थानमा रहेको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१ ०८:५७