५ लाख धरौटीमा रिहा भए गायक रवि ओड शुक्रबार, जेठ ४, २०८१

प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने शुक्रबार, जेठ ४, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते संसदबाट विश्वासको मत लिने भएका छन्।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। आफ्नो दल विभाजन भएपछि...

सभामुखको निष्पक्षतामाथि प्रश्न उठाएको कांग्रेसले थप रणनीति बनाउँदै, बोलायो संसदीय दलको बैठक शुक्रबार, जेठ ४, २०८१ प्रतिनिधि सभाको बैठक बस्नु अघि रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ। बैठक शुक्रबार बिहान ९ बजे संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि बिहीबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ।नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री...

बिहीबार तनावकाबीच स्थगित भएको संसद् बैठक शुक्रबार पनि बस्दै शुक्रबार, जेठ ४, २०८१ बिहीबार धक्कामुक्की भएपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ। सभामुख देवराज घिमिरेले आज बिहान ११ बजेका लागि बैठक बोलाएका छन्।बिहीबारको बैठकमा सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदबीच संसद्मा भनाभन र धकेला धकेल भएपछि बैठक तनावकाबीच स्थगित भएको थियो।

रहेनन् पूर्वप्रधानसेनापति थापा शुक्रबार, जेठ ४, २०८१ उनकै पालामा सेनाको संख्या ५० हजार पुर्याउने कार्य अगाडि बढाइएको थियो। सेनाका अधिकृत र जवानहरूका लागि परिवार आवाससमेत बनाइएको थियो। नेपालका प्रधानसेनापतिहरूमध्ये चीनको भ्रमण गर्ने, भारतको इन्डियन मिलिटरी एकेडेमीको पासिङ आउट परेडमा सलामी र विदेशी प्रधानसेनापतिको सम्मान पाउने उनी पहिलो हुन्।

सन्दीपले विश्वकप खेल्ने, आईसीसीले दियो अनुमति शुक्रबार, जेठ ४, २०८१ बलात्कार मुद्दामा सफाइ पाएसँगै लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने निश्चित भएको छ। बुधबार उच्च अदालत, पाटनले सफाइ दिएपछि सन्दीपलाई टोलीमा विश्वकप खेल्न पठाउन क्यानले प्रक्रिया सुरु गरेको थियो। तर यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा सन्दीपको नाम दर्ता नभएकाले उनले विश्वकप खेल्न पाउने...

गुजरातसँगको खेल वर्षाले रद्द हुँदा हैदरावाद प्लेअफमा पुग्ने तेस्रो टोली बन्यो शुक्रबार, जेठ ४, २०८१ सनराइजर्स हैदरावाद जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ।

आजको मौसमः चार प्रदेशमा हावाहुरीसहित हल्का वर्षा हुने, तराईमा तातो हावा चल्ने शुक्रबार, जेठ ४, २०८१ शुक्रबार दिउँसो कोशी र मधेस प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको...

सुनसरीमा एक युवकमाथि प्रहरीले चलायो गोली बिहीबार, जेठ ३, २०८१ सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ। रामधुनी नगरपालिका- ६ मा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।

जबरजस्ती करणीको जाहेरी परेपछि फरार भए एमाले नेता विदुर शर्मा बिहीबार, जेठ ३, २०८१ नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्। एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि शर्मा फरार भएका हुन्।भक्तपुर सूर्यविनायक-२ बालकोट बस्दै आएका शर्मालाई प्रहरीले खोजी गरिरहेको छ।

सफा हिमाल अभियानको टोलीले दुई वटा शव भेटायो बिहीबार, जेठ ३, २०८१ नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको चौथो क्याम्पबाट एक तथा ल्होत्से हिमालको शिखर नजिकबाट एक गरी २ वटा मानव शव तथा लोलापास फेदी इलाकाबाट मानव अस्थिपञ्जरहरू सङ्कलन गरी ल्याएको छ।

तस्करीको सुन लुकाएर सूर्यबहादुरले जब अपहरणमा परेको नाटक गरे... बिहीबार, जेठ ३, २०८१ आफूले आफैंलाई चोटपटक लगाइ गोदावरी–६ को नालामा गइ पल्टिएको अनुसन्धानबाट खुलेको प्रहरीले बिहीबार जनाएको हो। शंका लागेपछि प्रहरीले इलाका प्रहरी कार्यालय बिर्तामोडको समन्वयमा उनको घर कोठाको खानतलासी गराएको थियो। मगरले कतारबाट भन्सार छली ल्याएको सुन बरामद भएपछि घटनाको वास्तविकता खुलेको हो। उनलाई आवश्यक कार्यबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको जिम्मा...

सभामुख र ओलीको कार्यशैलीले कांग्रेस सांसद उत्तेजित बिहीबार, जेठ ३, २०८१ अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुखले जानकारी गराएका छन्। गृहमन्त्रीलाई बोल्न समय दिएको घोषणा हुनेबित्तिकै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले उनलाई रोक्न बाटो छेकेका थिए। अग्रस्थानमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली जुरुक्क उठेर ‘गृहमन्त्रीलाई बाटो छोडिदिन’ नारा लगाइरहेका सांसदलाई आग्रह गर्दै थिए। तर उनीहरुले बाटो नछाड्ने अडान...









