गुजरातसँगको खेल वर्षाले रद्द हुँदा हैदरावाद प्लेअफमा पुग्ने तेस्रो टोली बन्यो

काठमाडौं— सनराइजर्स हैदरावाद जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ।
गुजरात टाइटन्सविरुद्धको खेल वर्षाका कारण टस नै नभई रद्द भएपछि हैदरावाद प्लेअफमा पुग्ने पक्का भएको हो।
तेस्रो स्थानमा रहेको हैदरावाद १३ खेलमा १५ अंक भएको छ। दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ अंक रहेको छ। यी दुई टोली शीर्ष दुईमा रहँदै फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने दाउमा रहेका छन्।
कोलकाता यसअघि नै १३ खेलमा १९ अंक सहित शीर्ष दुईमा रहने पक्का भइसकेको छ। उता गुजरात भने यस खेल अघि नै बाहिरिसकेको थियो। गुजरातले १४ खेलमा १२ अंक बटुल्दै यस सिजनको समाप्ति गरेको छ।
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स भिड्ने छन्। लखनउको प्लेअफ सम्भावना कायमै रहेको छ भने मुम्बई भने बाहिरिसकेको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१ ०६:२१