५ लाख धरौटीमा रिहा भए गायक रवि ओड

काठमाडौं— वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन्।
कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएका हुन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए। प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो।
ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैतमा उजुरी दिएकी थिइन्।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१ ०८:२५













