हात्ती धपाउँन अत्याधुनिक ‘ड्रोन’ शुक्रबार, जेठ ४, २०८१

निरन्तर संसद् अवरोध भएपछि कांग्रेस नेताहरुलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार शुक्रबार, जेठ ४, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल भर्ने भएका छन्। निरन्तर सहकारी प्रकरणका विषयमा छानबिन समितिको माग राखेर निरन्तर संसद् अवरोध गरेपछि प्रधानमन्त्रीले कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन्। छलफलका लागि साँझ बालुवाटार बोलाइएको कांग्रेसका उपसभापति समेत रहेका सांसद धनराज गुरुङले न्यूजगृहलाई जानकारी दिए।
-1715858240.jpg)
राष्ट्रिय सभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित शुक्रबार, जेठ ४, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ। यसअघि बिहीबारको बैठक पनि कांग्रेसले अवरुद्ध पारेपछि आजका लागि बैठक बोलाइएको थियो। तर बैठकको कारबाही प्रारम्भ हुनै लाग्दा कांग्रेसका सांसदहरु उठेर विरोध जनाएका थिए। सो क्रममा राष्टियसभा अध्यक्ष नारायण दाहालले बाहिर उत्पत्ति भएको समस्यालाई लिएर राष्ट्रिय सभामा...
-1715932538.jpg)
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन कायम हुन्छः राष्ट्रपति पौडेल शुक्रबार, जेठ ४, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन्। नेपाल बार एशोसियशनले आयोजना गरेको १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारण गर्ने माध्यम भएको भन्दै विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै...
-1715931996.jpg)
नेपाली कागजबाट मासिक १ लाख आम्दानी लिँदै पासाङ शुक्रबार, जेठ ४, २०८१ फुङ्लिङ नगरपालिका–६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय आफ्नै उद्योगमा कागज बनाउने काममा व्यस्त भेटिन्छन्।

ब्राह्मण ‘लुक्स’का आर्यनले सुनाए पुजार सार्कीको कथा शुक्रबार, जेठ ४, २०८१ अभिनेता आर्यन सिग्देलका पिता पण्डित हुन्। बाबु पण्डित भए पनि आर्यनले बाबुको बिँडो समातेनन्। उनी अभिनयतिर लागे। भगवान मनमा छन् भन्ने कुरामा विश्वास गर्ने आर्यन धेरै आस्तिक र नास्तिक छैनन्। वास्तविक जीवनमा ब्राह्मण चरित्र नदेखाएका आर्यन ‘पुजार’का रुपमा यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘पुजार सार्की’ मा ब्राह्मण लुक्समा...

२ बजेसम्मका लागि सारियो संसद् बैठक शुक्रबार, जेठ ४, २०८१ प्रतिनिधि सभाको आजका लागि बोलाइएको बैठक २ बजेसम्मका लागि स्थगित गरिएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। संसद्मा जारी अवरोध हटाउन सभामुखदेखि सत्ता र विपक्षी दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।
-1715927453.jpg)
विपक्षी दलको बैठकः छानबिन समिति बनाउन एकमत, सभामुखलाई संयुक्त ध्यानाकर्षण गराउने शुक्रबार, जेठ ४, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्नें विपक्षी दलहरुले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउने मागबारे ऐक्यबद्धता जनाएका छन्। आज नयाँ बानेश्वरस्थित नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउने माग संसद्मा जोडतोडले उठाउने...
-1715511078.jpg)
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै बैतडी अस्पतालको सेवा सञ्चालन शुक्रबार, जेठ ४, २०८१ जोखिम भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन्। गत आइतबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रेका चिकित्सक र स्वास्थ्यकर्मी पुनः काममा फर्केका हुन्।

मौद्रिक नीति समीक्षा: सवारी कर्जाको जोखिमभार घट्यो शुक्रबार, जेठ ४, २०८१ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ।मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान एक सय २५ प्रतिशत जोखिमभार रहेका ‘हायर पर्चेज’ प्रकृतिका कर्जाको जोखिमभार घटाई...
-1715927453.jpg)
अन्य विपक्षी दलका नेताहरुसँग छलफलमा देउवा शुक्रबार, जेठ ४, २०८१ संघीय संसद्का प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका विपक्षी दलको बैठक जारी रहेको छ।संघीय संसद् भवन नयाँ बानेश्वरस्थित एक हलमा अहिले संसद्को गतिविधिका विषयमा छलफल भइरहेको छ।

हिजो नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज के भयो? शुक्रबार, जेठ ४, २०८१ बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य शुक्रबार सामान्य घटेको छ।

सदनको अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुखको बेग्लाबेग्लै परामर्श शुक्रबार, जेठ ४, २०८१ संसद्मा देखिएको अवरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेग्लाबेग्लै राजनीतिक दलका नेतासँगको परामर्श गरेका छन्।प्रधानमन्त्री दाहालले सिंहदरबारमा सत्तामा रहेको नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका छन्।









