News Griha :: न्यूजगृह
सफा हिमाल अभियानको टोलीले दुई वटा शव भेटायो

काठमाडौं— नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको चौथो क्याम्पबाट एक तथा ल्होत्से हिमालको शिखर नजिकबाट एक गरी २ वटा मानव शव तथा लोलापास फेदी इलाकाबाट मानव अस्थिपञ्जरहरू सङ्कलन गरी ल्याएको छ।

नेपाली सेनाले हवाईमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याई फरेन्सिक ल्याबमा थप प्रक्रियाको लागि बुझाएको जनाएको छ।

त्यसैगरी सोही अभियानको दौरान हालसम्म ८ हजार ६ सय २० केजी फोहोर सङ्कलन गरी त्यसमध्ये २५० केजी कुहिने फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ।

death_body_collection-1715871059.jpg
यस वर्षको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहोर तथा ५ वटा मानव शव सङ्कलन तथा व्यवस्थापन गर्ने योजना रहेको छ।

safa_himal_2-1715871060.jpg
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  २०:३७
Weather Update