अब संसदीय छानबिन समिति बन्दैन: रास्वपा बिहीबार, जेठ ३, २०८१
-1715770493.jpg)
प्रधानमन्त्री दाहाल, ओली र लामिछानेबीच संसद् भवनमा छलफल जारी बिहीबार, जेठ ३, २०८१ संसद् भवनमा जारी छलफलमा प्रमुख प्रतिपक्ष कांग्रेसले संसद्मा देखाएको व्यवहार, संसद् अवरुद्ध र निकासका विषय छलफल भइरहेको एक नेताले बताए। कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले बिहीबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको छ। यो अवस्थाका कारण गृहमन्त्रीले बोल्न भने पाएनन्।

संसद्मा कांग्रेसले नारा– 'संसदीय मर्यादा कायम गर, सहकारी ठगलाई कारबाही गर' बिहीबार, जेठ ३, २०८१ प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेको समयमा सभामुखले कार्यसूची अगाडि बढेपछि नेपाली कांग्रेसले संसदीय मर्यादाको नारा लगाएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले नाराबाजी सुरु गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूची पढ्न थाले।

कांग्रेसले असंसदीय व्यवहार गर्योः एमाले बिहीबार, जेठ ३, २०८१ नेकपा एमालेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ।एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अराजकता मच्याएको आरोप लगाउदै संसद्मा मुठभेडको थलो नबनाउन आग्रह गरे।उनले कांग्रेसले संसद्मा आफ्नो कुरा लादिरहने र अरुको कुरा नसुन्ने बाटोमा हिँडिरहेको आरोप लगाए ।

सभामुखको भूमिकामा कांग्रेसको शंका, बोलायो संसदीय दलको बैठक बिहीबार, जेठ ३, २०८१ प्रमुख प्रतिपक्षी सहितका विपक्षी दल विरोधमा उभिँदा पनि प्रतिनिधिसभाको बैठक अघि बढाउन खोजेकोमा आपत्ति जनाउँदै सभामुखको निष्पक्षतामाथि प्रश्न उठाएको छ।त्यसको समीक्षा गर्न कांग्रेसले शुक्रबार दिउँसो संसदीय दलको बैठक बोलाएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज बिहीबार, जेठ ३, २०८१ सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज गरिदिएको छ।न्यायाधीश प्रकाशकुमार ढुंगाना, कुमार चुडाल र सुनिलकुमार पोखरेलको इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेजी हुने फैसला सुनाएको हो।

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित बिहीबार, जेठ ३, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ।नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीबीच सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएका थिए। उनले राष्ट्रपतिको पत्र पढेर सुनाउँदै गर्दा कांग्रेस सांसदले निरन्तर नाराबाजी गरिरहे।

प्रतिनिधि सभामा सत्ता पक्ष र प्रतिपक्षी सांसदबीच धकेलाधकेल बिहीबार, जेठ ३, २०८१ प्रतिनिधि सभा बैठकमा तनाव सिर्जना भएको छ। सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबीच धकेलाधकेल भएको छ।
![संसदमा कांग्रेसको नाराबाजी [भिडिओ]](https://newsgriha.com/uploads/posts/congress_parliament_birod-1715693555.jpg)
संसदमा कांग्रेसको नाराबाजी [भिडिओ] बिहीबार, जेठ ३, २०८१

संसद्मा कांग्रेसको अवरोध, होहल्लाबीच राष्ट्रपति कार्यालयको पत्र सुनाउँदै सभामुख बिहीबार, जेठ ३, २०८१ बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध खडा गरेको छ। आज अपरान्ह ४ बजे बैठक बस्ने भनिए पनि करिब २ घण्टा ढिला गरी बैठक सुरु भएको हो। कांग्रेसकै विरोधकाबीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु बाचन गरेका छन्।

डा. गोविन्द केसीले तोडे अनशन, सरकारले बेवास्ता गरेको आरोप बिहीबार, जेठ ३, २०८१ डा. गोविन्द केसीले अनशन तोडेका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित चार बुँदे माग राख्दै वैशाख २९ गतेदेखि आमरण अनशन सुरु गरेका थिए।

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’ बिहीबार, जेठ ३, २०८१ प्रत्येक वर्ष सगरमाथा दिवसका (मे २९) मा आयोजना हुने ‘एभरेष्ट म्याराथन’को सुरुवातमा प्रज्ज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्थल लुम्बिनीबाट आज सगरमाथा आधार शिविरतर्फ पठाइएको छ।

दुई दशकदेखि बेपत्ता शमशेर घर फर्किए बिहीबार, जेठ ३, २०८१ दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएका छन्। स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो। शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुसियाली छाएको छ।बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित वडा कार्यालयमा ६६ वर्षीय कटुवाललाई सोमबार स्थानीय तहका जनप्रतिनिधिले उनको परिवारको जिम्मा लगाएको छ।









