News Griha :: न्यूजगृह
सुनसरीमा एक युवकमाथि प्रहरीले चलायो गोली

काठमाडौं— सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ। 

रामधुनी नगरपालिका- ६ मा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।

दुई जनालाई लागुऔषधसहित पक्राउ गरिएको र एक जना भाग्ने क्रममा दुई राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ। 

लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट वरिष्ठ नायब निरीक्षक सइ बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले गोली चलाएको हो।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  २१:०४
Weather Update