News Griha :: न्यूजगृह
जनकपुर–जयनगर रेल भोलिबाट ३ दिन बन्द हुँदै 
फाइल तस्बिर

जनकपुर— भारतमा हुन गैरहेको लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेलसेवा भोलि (शनिबार) देखि तीन दिन बन्द हुने भएको छ। 

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले भोलिदेखि जेठ ७ गते (सोमबार) सम्म रेलसेवा पूर्णरूपमा बन्द रहने जानकारी दिएका छन्।

भारतको बिहार राज्यको मधुबनी जिल्लाको संसदीय क्षेत्रमा यही जेठ ७ गते हुने लोकसभा निर्वाचन हुँदैछ। सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सीमा जिल्ला समन्वय समितिले निर्णय गरेअनुसार ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्णरूपमा बन्द गरिन लागिएको झाले बताए। 

‘यही जेठ ५ गते शनिबार देखि ७ गते सोमबार सम्म ३ (तीन) दिनको लागि भंगहा–जनकपुर–जयनगर खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ। ८ गते मंगलबार देखि उक्त खण्डमा साविक बमोजिम नै नियमित रुपमा रेल सेवा सञ्चालनमा आउने व्यहोरा समेत सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १०:३४
Weather Update