
काठमाडौं— कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा २७ वर्षीय मोहन खड्का, २१ वर्षीय धुर्वबहादुर विष्ट, २० वर्षीय उपेन्द्र सिंह, २१ वर्षीय सुदिप गिरी, २३ वर्षी नविन भन्ने नृप भण्डारी, २७ वर्षीय जयन्त धानुक, २० वर्षीय तेज थापा, २२ वर्षीय तपेन्द्र खाती तथा २१ वर्षीय सुनिल रोकाया रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनले भने, ‘यही जेठ २ गते राति कीर्तिपुर नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्कासँगको पुरानो रिसिवी साँध्ने क्रममा दुई समूहबीच झडप हुँदा कीर्तिपुरका श्रेष्ठमाथि खुकुरी प्रहार भएको थियो।’
पक्राउ परेकामाथि काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसूरमा पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।













