News Griha :: न्यूजगृह
घरमा कोही नभएको समयमा चोरी गर्ने गिरोह पक्राउ

काठमाडौं— ललितपुरको खोकनास्थित एक घरमा कोही नभएको बेला गहना र आइफोन चोरीमा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुरको ललितपुर महानगरपालिका-२१ खोकनास्थित नवराज गुरुङको घरमा कोही नभएको समयमा सुनचाँदीका गरगहना, नगद तथा आइफोन चोर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ बिहीबार पक्राउ गरेका हो।

पक्राउ पर्नेमा रामेछाप घर भई ललितपुरको खुमलटार बस्ने कमल थापा मगर र धनलाल मगर रहेका छन्। उनीहरूले गत वैशाख ७ गतेदेखि ९ गतेकोबीचमा उक्त घरबाट सामान चोरी गरी बिक्रीसमेत गरेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गर्दा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ६ घर भई काठमाडौं कपन बस्ने सुवास सुनार र काठमाडौं मूलपानीमा सुनचाँदी पसल सञ्चालन गरी बस्ने रेशम बिक पनि पक्राउ परेका छन्।

रमेश र कमलले आफूले चोरी गरेका धनमाल सुवास सुनार र रेशम बिकलाई बिक्री गरेका थिए। उनीहरूलाई थप कारबाहीका लागि जिल्ला परिसर ललितपुर पठाइएको छ।

यस्तै चोरी भएका आइफोन र मोबाइल किनबेच गर्ने काठमाडौंको टोखा नगरपालिका घर भई काठमाडौंको न्युरोडमा पसल सञ्चालन गर्ने योगेश डाँगी र सप्तरीको सुरुंगा नगरपालिका घर भई काठमाडौंको कलंकी बस्ने मोहमद समिर पनि पक्राउ परेका छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १९:४६
Weather Update