नेपाल प्रहरीका चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं— गृह मन्त्रालयले नेपाल प्रहरीका चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको हो।
बढुवा सिफारिस हुने एसएसपीमा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारी छन्।
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१ ०६:३१













