काठमाडौं–तराई–मधेस फास्ट ट्र्याक लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु' [तस्बिरसहित]
![काठमाडौं–तराई–मधेस फास्ट ट्र्याक लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु' [तस्बिरसहित]](https://newsgriha.com/uploads/posts/4-1715948301.jpg)
काठमाडौं— नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु' भएको छ।
प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १ हजार ६३३ मिटर लम्बाइ रहेको सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
द्रुतमार्गको निर्माणाधीन सुरुङमार्ग मध्ये निकट भविष्यमा दुवैतर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने सेनाको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१ १८:०३