News Griha :: न्यूजगृह
चट्याङ लागेर पश्चिम बङ्गालमा १२ जनाको मृत्यु 

काठमाडौं— भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ लागेर १२ जनाको मृत्यु भएका छन्। साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन्।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ३२७ किलोमिटर उत्तरमा रहेको माल्दा जिल्लामा चट्याङ लागेर हताहतजन्य घटना भएको बताइएको छ।

अधिकारीहरूले मृतक सबै चट्याङ परेको समयमा  घरबाहिर बगैँचा तथा खेतमा काम गरिरहेका थिए। 

-एजेन्सी

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १९:१६
Weather Update