News Griha :: न्यूजगृह
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल–१३ झोलुङ्गे पुल नजिकै ठक्कर दिँदा आइतबार बिहान बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो। एम्बुलेन्सको ठक्करबाट अन्य दुईजना महिला घाइते छन्।
लगातार फिल्म फ्लप भएपछि सङ्कटमा बलिउड अभिनेता टाइगर, पारिश्रमिकमा ७० प्रतिशत कटौती गर्न सुझाव
लगातार फिल्म फ्लप भएपछि सङ्कटमा बलिउड अभिनेता टाइगर, पारिश्रमिकमा ७० प्रतिशत कटौती गर्न सुझाव कोभिड महामारी अघि अभिनेता टाइगर श्राफ बलिउडमा सबैभन्दा महत्वकाङ्क्षी र उदाइरहेका अभिनेतामध्ये एक थिए । आफ्नो नृत्य शैली र खतरनाक एक्सन सिक्वेन्सले टाइगर बलिउडको सबैभन्दा युवा एक्सन स्टारका रुपमा लोकप्रिय बनेका थिए ।
संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदल जुट्यो छलफलमा
संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदल जुट्यो छलफलमा सहकारीको बचत अपचलन छानबिन गर्न गठित संसदीय समितिको कार्यादेश टुंग्याउन आइतबार बैठक बस्दैछ। कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक आइतबार बिहान साढे ८ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले जानकारी दिए।
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द रानीटारीबाट हर्षपुरसम्मको बाटो बन्द गरिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले बताए।  व्यास–५ को रानीटारी, म्याग्दे गाउँपालिकाको वडा नं ७ र ३ मा धमाधम सडक स्तरोन्नति भइरहेको जानकारी दिँदै उनले वैकल्पिक मार्ग अपनाउन सवारी चालक तथा यात्रीलाई अनुरोध गरे । 
ग्वार्को आगलागी घटनाः गिरी परिवारका चार जनाको मृत्यु [अपडेट]
ग्वार्को आगलागी घटनाः गिरी परिवारका चार जनाको मृत्यु [अपडेट] ललितपुर महानगरपालिका–१७ ग्वार्को स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। दुई छोरी र आमापछि बुबाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। मोबिल भण्डार गरिएको टहरोमा  गत वैशाख २३ गते आगलागी  हुँदा सञ्जय गिरी परिवारका सदस्यहरू घाइते भएका थिए। शनिबार सञ्जयको समेत मृत्यु भएको जिल्ला प्रहरी परिसर...
आरसीबी आईपीएलको प्लेअफमा, साविक बिजेता चेन्नई समूह चरणबाटै बाहिरियो
आरसीबी आईपीएलको प्लेअफमा, साविक बिजेता चेन्नई समूह चरणबाटै बाहिरियो शिवम् दुवेले १५ बल फेस गर्दा ७ रनको ढिलो पारि खेलेर आउट भएका थिए । मिचेल साटनरले ३ रनमात्रै जोडे । रविन्द्र जडेजा र महेन्द्रसिंह धोनीले केही प्रयास गरे पनि टिमलाई पार लगाउन सकेनन् । धोनी १३ बलमा २५ रन बनाउँदै आउट भए । उनी आउट हुँदा चेन्नईले १९.२ ओभरमा...
यस्तो छ आजको विनिमयदर [सूचीसहित]
यस्तो छ आजको विनिमयदर [सूचीसहित] नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ। 
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन सहज
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन सहज विभिन्न सहकारीमा बचतकर्ताको रकम हिनामिनामाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद्बाट विश्वासको मत लिन सहज वातावरण बनेको छ।संसदीय समिति बनाउनेबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच विवादले संसद् अवरुद्ध भएपछि दाहालले विश्वासको मत लिन अन्योल भएको थियो। दाहालले विश्वासको मत लिएपछि जेठ १ मा संसद्‌मा...
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा बजेका लागि बोलाइएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा निरन्तर अवरोध गर्दै आएको...
आज देशका यी स्थानमा हुने छ वर्षा
आज देशका यी स्थानमा हुने छ वर्षा आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भूभागमा एकदुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सहकारी ठगीमा छानबिन समितिको क्षेत्राधिकारमा सहमति खोज्न कार्यदल
सहकारी ठगीमा छानबिन समितिको क्षेत्राधिकारमा सहमति खोज्न कार्यदल सत्तापक्ष र प्रतिपक्षबीच सहकारी रकम हिनामिनामा सहमति जुटे पनि त्यसको क्षेत्राधिकारको विवाद मिलाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल बनेको छ।कार्यदलमा गिरीसहित कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन्।
दाङमा खोलामा डुबेर एक बालकको मृत्यु
दाङमा खोलामा डुबेर एक बालकको मृत्यु लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा लमही नगरपालिका–५ आदर्श टोल निवासी वसन्तराज भण्डारीका १३ वर्षीय छोरा विवेक भण्डारीको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
Weather Update