News Griha :: न्यूजगृह
आरसीबी आईपीएलको प्लेअफमा, साविक बिजेता चेन्नई समूह चरणबाटै बाहिरियो

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी) प्लेअफमा पुग्न सफल भएको छ।

शनिबार राति चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै बेंग्लुरुले प्लेअफमा स्थान बनाएको हो । सुरुआती खेल जितेपछि लगातार खराब प्रदर्शन गरेको बेंग्लुरुले पछिल्ला छ खेल जित्दै रन रेटमा पनि सुधार गरेपछि प्लेअफमा पुग्ने चौथो टोली बनेको हो ।

पहिला ब्याटिङ गरेको बेंग्लुरुले निर्धारित ओभरमा ८ विकेट गुमाएर २१८ रन बनाएको थियो। जवाफमा चेन्नईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९१ रनमात्रै बनाउन सक्यो । चेन्नई पनि १४ अंकका साथ प्लेअफको दौडमा रहेकाले पराजित भएपनि निर्धारित ओभरमा २०१ रन बनाउनु पर्ने थियो ।

उता बेंग्लोरलाई १८ भन्दा माथिको रनमा जित निकाल्दा प्लेअफ पुग्ने समीकरण भएकाले खेल एकदमै रोमाञ्चक बन्यो। अन्ततः बेंग्लुरुले वाजी मार्दै डिफेन्डिङ च्याम्पियन चेन्नईलाई आईपीएलबाट समूह चरणमै रोक्न सफल भयो ।

rcb-1716082974.jpg
शनिबार रातिको खेलमा बेंग्लुरुले टस हारेर पहिला ब्याटिङ गरे पनि सुरुआत उत्कृष्ट गरेको थियो । ओपनरद्वय विराट कोहली र फाफ डु प्लेसिसले पहिलो विकेटका लागि ७८ रनको साझेदारी गर्दै टिमलाई अघि बढाए ।

कोहली २९ बलमा ४७ रन बनाएर आउट भएका थिए । उनले चार छक्का र तीन चौका प्रहार गरे । प्लेसिस र रजत पटिदार मिलेर पारि अघि बढाएका थिए । टिमको स्कोर ११३ रन भएका बेला प्लेसिस अर्धशतकीय पारि खेल्दै रनआउट भए । उनले ३९ बलमा ५४  रनको पारि खेदा समान तीन चौका र छक्का हिर्काए ।

पटिदारलाई साथ दिन क्यामरन ग्रीन आए । यी दुई खेलाडीले १७.४ ओभरमा टिमको स्कोर १८४ रन बनाएका थिए । पटिदार २३ बलमा चार छक्का र दुई चौकाको मद्दतले ४१ रनको पारि खेल्दै पेभेलियन फिर्ता भए ।

दिनेश कार्तिकले ६ बलमा १४ रन बनाएर आउट हुँदा समान एक छक्का र चौका प्रहार गरे । ग्लेन म्याक्सवेले ५ बलमा १६ रन बनाउँदा क्यामरुन ग्रीनले १७ बलमा ३८ रनको नटआउट पारि खेल्दा बेंग्लुरुको स्कोर निर्धारित ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । चेन्नाईका सार्दुल ठाकुरले २ विकेट लिँदा तुषार देशपान्डे र मिचेल साटनरले एक एक विकेट लिए ।

२१९  रनको लक्ष्यसहित मैदान उत्रिएको चेन्नईको सुरुआत खराब रह्यो । कप्तान ऋतुराज गायकवाड गोल्डेन डकआउट भए । पहिलो बलमै कप्तानलाई गुमाएको चेन्नईले दोस्रो विकेटको रुपमा डेरियल मिचेललाई गुमाए । उनी ४ रन बनाएर पभेलियन फर्किए । रचिन र विन्द्र र अजिंक्या रहाणेनले पारि सम्हालेका थिए ।

९.१ ओभरमा ८५ रन भएका बेला अजिन्क्या रहाणे २२ बलमा ३३ रन बनाएर आउट भए । उनले एक छक्का र तीन चौका प्रहार गरेका थिए । चौथो विकेटको रुपमा रचिन रविन्द्र आउट भएका थिए । उनले ३७ बलमा ६१ रनको पारि खेलेका थिए । तीन छक्का र पाँच चौका प्रहार गरेका उनी रनआउटको शिकार भएपछि चेन्नइलाई दबाब बढेको थियो ।

rcb-1-1716082974.jpg
शिवम् दुवेले १५ बल फेस गर्दा ७ रनको ढिलो पारि खेलेर आउट भएका थिए । मिचेल साटनरले ३ रनमात्रै जोडे । रविन्द्र जडेजा र महेन्द्रसिंह धोनीले केही प्रयास गरे पनि टिमलाई पार लगाउन सकेनन् । धोनी १३ बलमा २५ रन बनाउँदै आउट भए । उनी आउट हुँदा चेन्नईले १९.२ ओभरमा १९० रन बनाएको थियो । रविन्द्र जडेजाले २२ बलमा ४२ रनको नटआउट पारि खेल्दा समान तीन छक्का र तीन चौका प्रहार गरे । रन रेटमा अघि रहँदै प्लेअफ खेल्नका लागि अन्तिम चार बलमा १० रन बनाउन नसक्दा प्रतियोगिताबाट बाहिर चेन्नई पुग्यो।

बेंग्लुरुका यस दयालले २ विकेट लिँदा ग्लेन म्याक्सवेल, मोहमद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले एक/एक विकेट लिए।
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०७:२८
Weather Update