काठमाडौं— ताइवानमा नयाँ राष्ट्रपति लाई चिङ तेहको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार देशको संसद् बैठकमा सांसदहरूबीच झडप भएको छ। सांसदहरूबीच लात र मुक्का प्रहार समेत भएको थियो।
कतिपय सांसद भने सभामुखको सिटमा पनि चढेका थिए। उनीहरूले एकअर्कालाई तान्ने र हान्ने गरेको सार्वजनिक भिडिओ फुटेजमा देख्न सकिन्छ। यसैबीच एक सांसद विधेयकसँग सम्बन्धित कागजात लिएर सदनबाट भागेका थिए।
ताइवान संसद्मा एउटा प्रस्ताव ल्याइएको छ। यस अन्तर्गत विपक्षी सांसदहरूलाई सरकारको काम कारवाहीमा नजर राख्न थप अधिकार दिइने बताइएको छ। यसका साथै संसद्मा झुटा बयान दिने सरकारी कर्मचारीमाथि फौजदारी मुद्दा चलाइनेछ।
मिडिया रिपोर्ट अनुसार यस विधेयकमा मतदान हुनुअघि नयाँ राष्ट्रपति चिङ तेहको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) र चीन समर्थक विपक्षी कुओमिन्ताङ (केएमटी) पार्टीका सांसदहरूबीच कुटाकुट भएको हो। सांसदहरू सदनमा पुगेपछि एक आपसमा आरोप लगाउन थाले।
२० मेमा, ताइवानको नयाँ राष्ट्रपति तेहले पदको सपथ लिनेछन्। तर, उनको पार्टी डीपीपीको संसद्मा बहुमत छैन। ताइवानको मुख्य विपक्षी दल केएमटीसँग डीपीपीभन्दा बढी सिट छ। यद्यपि, बहुमतमा आउन ताइवान पिपुल्स पार्टी (टीपीपी) सँग गठबन्धन बनाउनुपर्नेछ।
समाचार एजेन्सी रोयटर्सका अनुसार बहुमतमा रहेकाले विपक्षी दलले सरकारमाथि नजर राख्न संसद्मा आफ्ना सदस्यहरूलाई थप शक्ति दिन चाहन्छ। चिङ तेहको पार्टी डीपीपीले विपक्षीले विधेयक संसद्मा पास गराउन दबाब दिन खोजेको आरोप संविधानको उल्लङ्घन भएको आरोप लगाएको छ। सत्तारुढ प्रजातान्त्रिक गणतन्त्र पार्टीका सांसदहरुले विधेयकमा पहिले प्रक्रियाअनुसार छलफल हुनुपर्ने माग राखेका छन्। विपक्षी दलले आफ्नो शक्तिको दुरुपयोग गर्नका लागि यो विधेयक पारित हुन दिन नचाहेको आरोप लगाएका छन्।
यसअघि पनि ताइवानको संसद्मा यस्ता घटना बाहिर आएका छन्। सन् २०२० मा पनि अमेरिकाबाट सुँगुरको मासु आयातको विरोध गर्दै केएमटीका सांसदहरूले संसद्मा सुँगुरको आन्द्रा फ्याँकेका थिए। ताइवानमा यसै वर्ष जनवरीमा राष्ट्रपतिको निर्वाचन भएको थियो। त्यसमा सत्तारुढ दलका नेता विलियम तेह विजयी भएका थिए। उनी त्यही नेता हुन् जसलाई चीनले मतदानअघि खतरनाक पृथकतावादी भनेको थियो।
ताइवानको कुओमिन्ताङ पार्टी (केएमटी) ले हउ यु इहलाई तेहसँग बाजी लगाएको थियो। केएमटी त्यही पार्टी हो जसको सरकारले चिनियाँ कम्युनिष्टहरूसँग गृहयुद्ध हारेपछि ताइवान टापुमा बसोबास गरेको थियो। पार्टीले चुनाव जितेमा चीनसँग फेरि वार्ता गर्ने बताएको थियो।