News Griha :: न्यूजगृह
मकवानपुर कार दुर्घटनाः दुईको मृत्यु, एक घाइते

मकवानपुर— बकैया गाउँपालिका–१२ चौतारास्थित कान्ति लोकपथमा शनिबार बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एकजना घाइते छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो। 

ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको कार सडकबाट पाँच सय मिटर तल खसेको थियो। 

दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते भएका छन्।

उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १५:२३
Weather Update