News Griha :: न्यूजगृह
भीषण वर्षा र बाढीका कारण अफगानिस्तानमा कम्तिमा ५० जनाको मृत्यु
तस्बिरः रोयटर्स

काठमाडौं— अफगानिस्तानमा भीषण वर्षा र बाढीका कारण कम्तिमा ५० जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी घरहरु ध्वस्त भएका छन्। 

अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भइरहेको अधिकारीहरुले बताएका छन्। वर्षाका कारण पानीको सतह एक्कासी बढेको र धेरै मानिसहरु बेपत्ता भएको जनाइएको छ। 

बाढीका कारण हजारौँ जनावर मरेका छन् भने दुई हजारभन्दा बढी घर ध्वस्त भएको जनाइएको छ। गत हप्तामात्रै अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो र तीन सयभन्दा बढीको मृत्यु भएको थियो।

अविरल वर्षाका कारण कृषिमा पनि क्षति पुगेको छ। 

अफगानिस्तानको ४ करोड जनसंख्यामध्ये ८० प्रतिशत कृषिमा निर्भर छन्। अफगानिस्तानको मौसम विभागले आगामी दिनमा धेरै क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना रहेको भन्दै सजग गराएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ११:५५
Weather Update