News Griha :: न्यूजगृह

सहकारीका लाखौं बचतकर्ताको अर्बौँ रुपैयाँ ठगी प्रकरण र झापाको गिरीबन्धु टी–स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले जुलुस निकालेको छ।

दिउँसो उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र एमाले अध्यक्ष केपी ओलीविरुद्ध नेविसंघ आइतबार काठमाडौंमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएको हो। 
‘जीबी राई कहाँ छ ? रवि दाइलाई थाहा छ’, ‘गज्जब छ बा, नीतिगत भ्रष्टाचारी र सहकारी ठग !’ लगायतका नारा लेखिएका प्लेकार्ड नेविसंघका विद्यार्थीले बोकेका थिए। 

सहकारी ठगी प्रकरणमा मन्त्री लामिछानेमाथि छानबिन गर्न कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आएको छ। संसद् अवरोध जारी रहँदा सडकमा पनि प्रदर्शन भइरहेको हो।  तस्बिर: अन्जन वाग्ले/एनएनबी

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १८:१२
Weather Update