News Griha :: न्यूजगृह
चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री, कांग्रेसको अवरोधले अन्योल
चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री, कांग्रेसको अवरोधले अन्योल संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ।
आर्सनललाई धक्का, इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई
आर्सनललाई धक्का, इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई म्याचेस्टर सिटी लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम माथि ३-१ को जित निकाले र आर्सनललाई २ अंकले पछि पार्दै सिटीले कीर्तिमानी जित निकालेको हो। इंग्लिस फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो।
इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना
इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना इरानका गृहमन्त्री अहमद वाहिदीका अनुसार उद्धारका लागि हेलिकप्टरसहितको टोली पठाइसकिएको छ। बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भएकोसमेत इरानको समाचार संस्थाले जनाएको छ। राष्ट्रपति रइसी सवारसहित ३ हेलिकप्टर सँगै भए पनि २ वटा हेलिकप्टर भने सकुशल अवतरण भएको समाचारमा उल्लेख छ। 
सोमबार बिहानसम्म छानबिन समिति नबने कांग्रेसले संसद्को कामकारबाही अघि बढ्न नदिने 
सोमबार बिहानसम्म छानबिन समिति नबने कांग्रेसले संसद्को कामकारबाही अघि बढ्न नदिने  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार बिहान ११ बजेसम्म संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।प्रतिनिधि सभा बैठकपछि आइतबार बेलुकी संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै कांग्रेस महामन्त्री गगन थापाले सोमबार बिहानसम्म संसदीय छानबिन समिति गठन गर्न सरकारलाई आग्रह गरेका हुन्। 
प्रहरीले गृहमन्त्रीलाई सोध्न सकेन, त्यसकारण संसदीय छानबिन समिति चाहिएको होः गगन थापा
प्रहरीले गृहमन्त्रीलाई सोध्न सकेन, त्यसकारण संसदीय छानबिन समिति चाहिएको होः गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अस्तिसम्म सांसदमात्रै रहेका रवि लामिछाने अहिले उपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका कारण संसदीय छानबिन समिति गठन गर्नुपर्ने परिस्थिति बनेको बताएका छन्।उनले सांसदमात्रै हुँदा लामिछानेमाथि सहकारी ठगीमा प्रहरी र सीआइबीले अनुसन्धान गरिरहेको र लामिछाने गृहमन्त्री भएपछि ती छानबिनका सबै कामहरू रोकिएको बताए।
‘गृहमन्त्रीले त अनुसन्धान गर्ने हो, दोषी भए कारबाही गर्ने हो, थर्काएर हुँदैन’
‘गृहमन्त्रीले त अनुसन्धान गर्ने हो, दोषी भए कारबाही गर्ने हो, थर्काएर हुँदैन’ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले आफ्नो दोष लुकाउन गृहमन्त्री रवि लामिछानेले सांसद, मिडिया र आम नेपाली नेपाली नागरिकलाई बहकाउने काम गरेको आरोप लगाएका छन्। सहकारी ठगी प्रकरणबारे आफूमाथि लागेका आरोपमा गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधि सभा बैठकमा जवाफ दिएका थिए। जवाफ दिने क्रममा लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै...
सोमबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तयार, राष्ट्रपतिलाई धन्यवाददेखि प्रधानमन्त्रीको विश्वासको मतसम्म
सोमबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तयार, राष्ट्रपतिलाई धन्यवाददेखि प्रधानमन्त्रीको विश्वासको मतसम्म जसमा सरकारको नीति तथा कार्यक्रम पेस गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्तावदेखि प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव रहेका छन्।
गृहमन्त्री बोलेपछि प्रतिनिधिसभा बैठक स्थगित, सोमबार बस्ने
गृहमन्त्री बोलेपछि प्रतिनिधिसभा बैठक स्थगित, सोमबार बस्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले आइतबारको सबै कार्यसूची हटाएको जानकारी दिए।प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको सभामुख घिमिरेले जानकारी दिए। प्रतिनिधिसभाको आइतबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित भएको हो। 
सहकारी मात्रै होइन, खसी, बोका र बाख्रा पाल्नेको पनि छानबिन गरौँः रवि लामिछाने
सहकारी मात्रै होइन, खसी, बोका र बाख्रा पाल्नेको पनि छानबिन गरौँः रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा मात्रै नभई कृषि अनुदानको रकम हिनामिना गर्नेहरूमाथि पनि छानबिन गरेर बाहिर पठाउनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले प्रमाण जुटाएर कारबाही गर्ने आँट गरे हुने पनि बताए। 
गृहमन्त्री लामिछानेको चेतावनी- अब देश तपाईँहरूको गनगनले मात्र चल्दैछ 
गृहमन्त्री लामिछानेको चेतावनी- अब देश तपाईँहरूको गनगनले मात्र चल्दैछ  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब देश तपाईँहरूको गनगनले मात्र देश नचल्ने चेतावनी दिँदै झुटा मुद्दा र मिडिया ट्रायलले आफू नडराउने बताए।लोकतान्त्रिक भन्ने दलले अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गरेको भन्दै कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेको भन्दै उनले कांग्रेसलाई प्रश्न गरेका छन्।
गृहमन्त्री रविले गरे सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको दाबी
गृहमन्त्री रविले गरे सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको दाबी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै संलग्नता नभएको दाबी गरेका छन्।आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै पनि सहकारीको ठगीमा आफ्नो संलग्नता र प्रतिवादी नबनाइएको दाबी गरेका हुन्। 
कांग्रेस सभापति देउवालाई रविको प्रश्न- प्रधानमन्त्री अफरको डेट एक्सपायर भयो कि बाँकी छ?
कांग्रेस सभापति देउवालाई रविको प्रश्न- प्रधानमन्त्री अफरको डेट एक्सपायर भयो कि बाँकी छ? उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न गरेका छन्।सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्‌मा जवाफ दिंदै गृहमन्त्री लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको बताए।
Weather Update