काठमाडौं— इरानका राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ।
इरान न्यूज एजेन्सीका अनुसार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत सवार हेलिकप्टर दुर्घटनामा परेको हो ।
स्लामिक रिपब्लिक न्यूज एजेन्सीका अनुसार राष्ट्रपति रइसी पूर्वी अजरबैजान प्रान्तमा एक बाँध उद्घाटनपछि तबरेज सहरतर्फ प्रस्थान गर्दै थिए।
इरानका गृहमन्त्री अहमद वाहिदीका अनुसार उद्धारका लागि हेलिकप्टरसहितको टोली पठाइसकिएको छ। बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भएकोसमेत इरानको समाचार संस्थाले जनाएको छ।
राष्ट्रपति रइसी सवारसहित ३ हेलिकप्टर सँगै भए पनि २ वटा हेलिकप्टर भने सकुशल अवतरण भएको समाचारमा उल्लेख छ।
स्थानीय सञ्चारमाध्यमहरूले राष्ट्रपति रइसी सवार हेलिकप्टरले फोर्स ल्यान्डिङ गरेको समेत जनाएका छन्। तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन। राष्ट्रपति रइसीको अवस्थाबारे पनि अहिलेसम्म स्पष्ट रूपमा केही जानकारी आएको छैन। रइसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिएका थिए।