
काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफको समीकरण पुरा भएको छ। समुह चरणका खेल सकिएसँगै आईपीएलको प्लेअफको समीकरण पुरा भएको हो।
आइतबार राति राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको हो। खेल रद्द भएपछि दुवै टिमले एक/एक अंक लिएका छन्।
आईपीएलको यस सिजनमा कोलकाता २० अंकसहित शीर्ष स्थानमा रहेको छ भने सनराइजर्स १७ अंकरहित दोस्रो स्थानमा रहेको छ। अब पहिलो क्वालिफायरमा कोलकाता र सनराइजर्स हैदराबाद खेल्ने छन्।
त्यस्तै १७ अंकसहित रनरेटको आधारमा राजस्थान रोयल्स तेस्रो स्थानमा रहेको छ र १४ अंकसहित रोयल च्यालेन्जर्स बैंगलुरु चौथो स्थानमा रहेको छ। अब इलिमिनेटरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्ने छन्। इलिमिनेट खेल मे २२ बुधबार हुने छ।
पहिलो क्वालिफायरमा विजयी हुने टिम सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ। दोस्रो क्वालिफायर खेल मे २४ शुक्रबार चेन्नईमा हुने छ।
त्यस्तै यस सिजनको फाइनल खेल मे २६ (आइतबार) मा चेन्नईमा हुने छ।