News Griha :: न्यूजगृह
हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपतिको निधन 

काठमाडौं— हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसीको निधन भएको छ। 

आइतबार खराब मौसमका कारण राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर बेपत्ता भएको थियो। सोमबार दुर्घटनास्थल पत्ता लागेसँगै उद्दारकर्ताहरु त्यहाँ परिचालन गरेर खोजी गरिएको थियो। 

इरानका राष्ट्रपति रायसीसहित त्यहाँका विदेशमन्त्री हुसेन अमिरबदुल्लाहियानको समेत मृत्यु भएको अलजजिराले जनाएको छ। ।
 
समाचारका अनुसार इरानको पूर्वी अजरबैजान प्रान्तमा भएको उक्त हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।  

उद्धारकर्ताहरूले कठिन मौसममा एक घण्टा लामो खोजीपछि दुर्घटनास्थल फेला पारेका थिए।

इरानका उपराष्ट्रपतिले राष्ट्रपतिको अधिकार ग्रहण गर्नेछन् र ५० दिनभित्र नयाँ निर्वाचन हुने जनाइएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:०३
Weather Update