News Griha :: न्यूजगृह
दाङबाट काठमाडौं आउँदै गरेको बस रूपन्देहीमा दुर्घटना
दाङबाट काठमाडौं आउँदै गरेको बस रूपन्देहीमा दुर्घटना दाङबाट काठमाडौं आउँदै गरेको रा१ख २७८३ नम्बरको बस गएराति रूपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।
नाइजेरियामा चार प्रहरीसहित २६ जनाको हत्या 
नाइजेरियामा चार प्रहरीसहित २६ जनाको हत्या  राष्ट्रपति बोला अहमद टिनुबुले सशस्त्र समूहविरुद्ध कारबाही गर्ने बताएका छन्। हतियारधारी गिरोहहरूद्वारा आतङ्कित कट्सिना उत्तरपश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक हो। यहाँ आपराधिक गिरोहले फिरौतीको लागि सामूहिक अपहरणका साथै घरहरू जलाउने र लुट्ने गर्छन्।
अमेरिकी डलर र पाउन्डको मूल्य बढ्यो, युरोको घट्यो [सूचीसहित]
अमेरिकी डलर र पाउन्डको मूल्य बढ्यो, युरोको घट्यो [सूचीसहित] नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरोसहितका मुद्राको मूल्य बढ्दा पाउन्डसहितका केही विदेशी मुद्राहरूको मूल्य घटेको छ। 
वरिष्ठ अधिवक्ताको उपाधि बारे छलफल गर्न सर्वोच्चको फुलकोर्ट बस्दै
वरिष्ठ अधिवक्ताको उपाधि बारे छलफल गर्न सर्वोच्चको फुलकोर्ट बस्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वरिष्ठ अधिवक्ताको उपाधि बारे छलफल गर्न फुलकोर्ट बोलाएका हुन्। तर, आज नै वरिष्ठ अधिवक्ता बारे निर्णय हुने सम्भावना भने न्यून छ। 
टी२० विश्वकपः  ‘सुपर–८’ मा पुग्ने पहिलो टोली बन्यो दक्षिण अफ्रिका 
टी२० विश्वकपः  ‘सुपर–८’ मा पुग्ने पहिलो टोली बन्यो दक्षिण अफ्रिका  आईसीसी टी२० विश्वकपको नवौँ संस्करणमा दक्षिण अफ्रिका ‘सुपर–८’ मा पुग्ने पहिलो राष्ट्र बनेको छ। विश्वकपअन्तर्गत बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएसँगै दक्षिण अफ्रिका अघिल्लो चरणमा प्रवेश गरेको हो।
काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने 
काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने  काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ। हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।
विनियोजन विधेयकमा आज पनि प्रतिनिधि सभामा छलफल हुने
विनियोजन विधेयकमा आज पनि प्रतिनिधि सभामा छलफल हुने यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बुधबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल हुनेछ।
नेपाल र श्रीलङ्काबीचको खेल रद्द
नेपाल र श्रीलङ्काबीचको खेल रद्द आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ। योसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।
टी२० विश्वकपमा पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित
टी२० विश्वकपमा पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित प्रतियोगितामा पहिलो जित निकालेको पाकिस्तान तीन खेलबाट दुई अंक जोडेको पाकिस्तान तालिकाको तेस्रो स्थानमा छ। पाकिस्तानले यसअघि अमेरिकासँग सुपर ओभरमा र भारतसँग ६ रनको हार बेहोरेको थियो। समान खेलबाट दुई अंक जोडेको क्यानडा तालिकाको चौथो स्थानमा छ।
यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान
यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मनसुनी प्रणालीको प्रभाव रहेको यो प्रदेशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।
नेपाल र श्रीलङ्काको खेलमा वर्षा बाधक
नेपाल र श्रीलङ्काको खेलमा वर्षा बाधक अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५:१५ बजेदेखि सुरु हुनुपर्ने थियो। तर खेल वर्षाका कारण ढिलो भएको छ।  मैदान भएको क्षेत्रमा ठूलो पानी परेर केहीबेर अघि मात्र रोकिएको छ।
फिफा विश्वकप छनोट: अन्तिममा सम्हालिन नसक्दा नेपालले यमनसँग अंक बाँड्यो
फिफा विश्वकप छनोट: अन्तिममा सम्हालिन नसक्दा नेपालले यमनसँग अंक बाँड्यो अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा मंगलबार नेपालले यमनसँग अंक बाँडेको छ।
Weather Update