
के भयो आज सुनचाँदीको मूल्य? बुधबार, जेठ ३०, २०८१ बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
-1713955690.jpg)
मधेसका सांसदलाई ५ करोड बाड्ने निर्णयविरुद्धको रिटमा पेसी तोकियो बुधबार, जेठ ३०, २०८१ मधेस प्रदेशका सांसदहरुलाई ५ करोड दिने प्रदेश सरकारको निर्णयविरुद्ध परेको रिटको पेसी तोकिएको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो। मंगलबार मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ मनिषकुमार मण्डल, पारितोष कुमार साह र आबिद हुसैनले प्रदेश सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता...

राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि विशेष शिविर सञ्चालन बुधबार, जेठ ३०, २०८१ मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ। शिविरको प्रारम्भ राक्सिराङ गाउँपालिकाबाट भएको छ।

माधव नेपाल भन्छन्– म २४ घण्टा नै प्रधानमन्त्री कसरी बन्ने सोचेर बस्दिन् बुधबार, जेठ ३०, २०८१ पूर्व प्रधानमन्त्री एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्रीकै लागि मरिहत्य गर्ने मान्छे नभएको दाबी गरेका छन्। उनले यसअघि गिरीजाप्रसाद कोइरालाले अफर गरेर निर्वाचनमा पराजित भए पनि प्रधानमन्त्री बनेको उदाहरण दिँदै आफू अहिले प्रधानमन्त्री बन्नका लागि २४ घण्टानै सोचेर नबस्ने बताए।
-1718170392.jpg)
पहिरोमा पुरिएर अरुण तेस्रोका मजदुरको मृत्यु, दुई घाइते बुधबार, जेठ ३०, २०८१ सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।

‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्दै गण्डकी सरकार बुधबार, जेठ ३०, २०८१ गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। पर्यटन राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा उक्त विषयलाई समेटिएको हो ।

जारी टी२० विश्वकपको सुपर–८ मा पुग्यो अस्ट्रेलिया बुधबार, जेठ ३०, २०८१ अस्ट्रेलिया जारी टी२० विश्वकपको सुपर–८ मा पुगेको छ। समूह बी अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई पराजित गरेसँगै विश्वकपको सुपर–८ मा पुगेको हो।

हेटौंडामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु बुधबार, जेठ ३०, २०८१ मनहरीबाट चितवनतर्फ गइरहेको ना७ख ८४४९ नम्बरको टिपरले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको वा प्र ०२–०३० प १६३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक नवलपरासी मध्यबिन्दु नगरपालिका–१४ का ४७ वर्षीय दिलबहादुर टन्डन क्षेत्रीको मृत्यु भएको हो।

भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा बुधबार, जेठ ३०, २०८१ वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको एक गैरसरकारी संस्थाले मङ्गलबार सो तथ्याङ्क सार्वजनिक गरेको हो। हाल ३० हजार पाँच सय ५५ जना विदेशमा रहेका र ११ हजार दुई सय ३१ जना नेपाल फर्किएका छन्।

जसपा नेपालको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु बुधबार, जेठ ३०, २०८१ बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ। त्यसपछि उम्मेदवारको नामावली प्रकाशन १० बजे गर्ने निर्वाचन तालिका छ। पदाधिकारी तथा सदस्यहरूको मनोनयन पत्रमाथि दाबी विरोधका लागि १० बजेदेखि ११ बजेसम्मको समय तोकिएको निर्वाचन समितिले जनाएको छ।

युरोकपमा नेदरल्याण्ड्सलाई धक्का, फ्रेन्की डी जोङ खेल्न नसक्ने बुधबार, जेठ ३०, २०८१ गत अप्रिल २१ मा रियल म्याड्रिडसँग बार्सिलोनाको ३-२ ले पराजित हुँदा २७ वर्षीय डी जोङ आफ्नो दाहिने खुट्टामा चोट लागेपछि मैदान बाहिर रहेका छन्। त्यसको बावजुद, मिडफिल्डरलाई जर्मनीमा युरोका लागि रोनाल्ड कोम्यानको २६ सदस्यीय टोलीमा नाम दिइएको थियो तर अब उनी युरोकपबाट बाहिरिएका छन्।

उत्तर कोरियाका सेना आफ्नो सीमामा घुसेपछि दक्षिण कोरियाले चलायो गोली बुधबार, जेठ ३०, २०८१ दक्षिण कोरियाले छिमेकी उत्तर कोरियाको सीमा नजिकै गोली चलाएको छ। मिडिया रिपोर्टका अनुसार उत्तर कोरियाका लगभग २० देखि ३० सैनिकहरू दुई देशको सीमामा प्रवेश गरेपछि दक्षिण कोरियाले गोली चलाएको बताइएको छ।









