News Griha :: न्यूजगृह
पहिरोमा पुरिएर अरुण तेस्रोका मजदुरको मृत्यु, दुई घाइते 

खाँदबारी— सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। 

मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको  तथा मकवानपुरका उमेश  कार्की र गोविन्द थारू घाइते  भएका प्रहरीले जनाएको छ। 

उनीहरू निदाएका बेला पहिरो खसेको हो। 

जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन्।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १०:२२
Weather Update