बन्दुकसम्बन्धी मुद्दामा अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर दोषी ठहर बुधबार, जेठ ३०, २०८१

क्यान भित्रको विवाद र अनियमिताबारे संसद्मा उठ्यो प्रश्न बुधबार, जेठ ३०, २०८१ पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) भित्र भइरहेको विवाद र अनियमितताबारे संसद्मा प्रश्न उठेको छ।

गाउँमा सडक पुगे पनि खुसी छैनन् बुढापाका, गोरेटो मासिएकोमा चिन्ता बुधबार, जेठ ३०, २०८१ एक दशकअगाडिसम्म बागलुङका अधिकांश ठाउँमा मोटरबाटो पुगेको थिएन। जब स्थानीय तह स्थापना भयो त्यस यता सडक नपुगेको गाउँ–बस्ती छैन।
-1718179012.jpg)
विद्युत् प्राधिकरणले सञ्चालनमा ल्यायो अत्याधुनिक ‘डाटा सेन्टर’ बुधबार, जेठ ३०, २०८१ नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ‘डाटा सेन्टर’ सञ्चालनमा ल्याएको छ।प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्नेगरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा सेन्टर सञ्चालनमा ल्याएको हो।

जेनेभा पुगे राष्ट्रपति पौडेल, यस्तो छ भ्रमण तालिका बुधबार, जेठ ३०, २०८१ राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा पुगेका छन्।उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।उनले यही जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय सत्र अन्तर्गतको...

अधिकारकर्मीहरू भन्छन्– दलितमाथि विभेदसँगै हिंसा हुन थाल्यो बुधबार, जेठ ३०, २०८१ दलितका लागि दलित अभियान नेपालले दैलेखमा गरेको विशेष जागरण सभामा अधिकारकर्मीहरूले दलितहरूले आफ्नो न्यायको लडाइँ एकताबद्ध भएर लड्नुपर्ने बेला आएको बताएका हुन्। कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले मानिसलाई जबर्जस्ती दलित बनाएर राज्यले अपराध गरेको बताए। उनले दलितको समस्या पुरै देशको समस्या भएकोले दलितसँगै गैरदलितहरूले पनि यो मुद्दालाई उत्तिकै...

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित बुधबार, जेठ ३०, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्। जनकपुरमा जारी महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ताका क्रममा अध्यक्षमा उनको मात्र दाबी परेपछि यादव निर्विरोध निर्वाचित भएका हुन्। तर औपचारिक रुपमा घोषणा हुन बाँकी रहेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले न्यूजगृहलाई जानकारी दिए।

आत्महत्याको बढ्दो ग्राफ, छैन रोकथाममा चासो बुधबार, जेठ ३०, २०८१ कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन बिक ऋण तिरेर परिवारलाई सुखले पाल्ने सपना साँचेर वैदेशिक रोजगारीमा जाने तरखरमा थिए। २०७८ भदौ ७ गते राति भएको भयानक घटनाले उनको सपना मात्रै टुङ्गिएन, सुन्दर परिवार नै सखाप भयो।
-1718175286.jpg)
अव्यवस्थित पार्किङले अस्तव्यस्त बन्यो पोखराको पृथ्वीचोक बुधबार, जेठ ३०, २०८१ जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने–ओराल्ने गर्दा पोखराको पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बनेको छ। गत साउनदेखि पृथ्वीचोक–सेतीपुल सडकको दुवैतर्फ पार्किक निषेध गरिएकामा वर्षदिन नपुग्दै उक्त नियम उल्लघन भएको हो।
-1718174772.jpg)
गिरीबन्धु टी–स्टेट जग्गा प्रकरणः विवादबारे ७ बुँदामा चिरफार बुधबार, जेठ ३०, २०८१ काठमाडौं— झापाको गिरीबन्धु टी–स्टेट प्रालिले गिरीबन्धुको जग्गाबारे अफवाह, भ्रम फैलाइ राजनीतिक खिचातानीको विषय नबनाउन आग्रह गरेको छ। गिरीबन्धु टी–स्टेट प्रालिले विज्ञप्ति जारी गर्दै विभिन्न ७ बुँदामा जग्गाबारे यसअघि भएगरेका कामबारे समेत स्पष्ट पारेको छ। ‘उल्लेखित अवस्था र परिस्थितिको कारण त्यस क्षेत्रबाट चिया बगान हटाउन निरन्तर जन दबाब आएको र स्थानीय...
-1718173463.jpg)
रैथाने बालीको संरक्षण गर्न बीउ बैंक सञ्चालन बुधबार, जेठ ३०, २०८१ मुगुको छायाँनाथ रारा नगरपालिकामा रैथाने बालीको संरक्षण गर्न सामुदायिक बीउ बैंक सञ्चालन गरिएको छ। यहाँ रहेको रारा सामुदायिक बीउ बैंकले रैथाने बालीको बीउ संरक्षण गर्दै आएको छ।

लगानीका विषयमा रास्वपाका सांसद पराजुलीलाई सभामुखले सम्झाउन परेपछि... बुधबार, जेठ ३०, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कर्णाली प्रदेशमा विद्युत्को समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्। बुधबार विनियोजन विधेयकमाथिको छलफलअघि संसद्को आकस्मिक समयमा बोल्दै सांसद पराजुलीले अझै पनि कर्णालीबासी बिजुलीको अभावमा अन्धकारमा बसिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

मोरङको सुन्दरहरैँचामा भाले हात्ती मृत भेटियो बुधबार, जेठ ३०, २०८१ स्थानीय भक्तबहादुर लिम्बूले लगाएको केरा खेतीभित्र अन्दाजी ८–९ वर्षको हात्ती मृत फेला परेको जिल्ला वन अधिकृत विष्णुलाल घिमिरेले बताए। हात्ती मृत्युको कारण खुलेको छैन।









