मोरङको सुन्दरहरैँचामा भाले हात्ती मृत भेटियो

मोरङ— मोरङको सुन्दरहरैँचा नगरपालिका— ६ मा भाले हात्ती मृत फेला परेको छ।
स्थानीय भक्तबहादुर लिम्बूले लगाएको केरा खेतीभित्र अन्दाजी ८–९ वर्षको हात्ती मृत फेला परेको जिल्ला वन अधिकृत विष्णुलाल घिमिरेले बताए। हात्ती मृत्युको कारण खुलेको छैन।
यस प्रकरणबारे अनुसन्धान भइरहेको घिमिरेले बताए।
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१ ११:४४













