News Griha :: न्यूजगृह
कांग्रेस र रास्वपाका सांसदले संयुक्त रुपमा दर्ता गरे चक्रपथ विस्तारसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव
कांग्रेस र रास्वपाका सांसदले संयुक्त रुपमा दर्ता गरे चक्रपथ विस्तारसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले चक्रपथ विस्तारसम्बन्धी जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्। बुधबार नेपाली कांग्रेस र रास्वपा सांसदहरूले संयुक्त रूपमा संघीय संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्।
रुसी सेनामा भर्ती भएका २ भारतीय नागरिकको मृत्यु
रुसी सेनामा भर्ती भएका २ भारतीय नागरिकको मृत्यु भारतीय विदेश मन्त्रालयले रुसी सेनामा भारतीय नागरिकको भर्तीमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको पनि जनाएको छ। यही मार्चमा रुसी सेनामा अवैधानिक रूपमा भारतीय नागरिकहरू भर्ती भएको खबर सार्वजनिक भएको थियो । रुसी सेनामा ठूलो सङ्ख्यामा नेपाली नागरिकसमेत भर्ती भएका छन्।
दशगजामा फेला परेका २ शवको पहिचान
दशगजामा फेला परेका २ शवको पहिचान जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक भारतीका अनुसार बरामद शफ बाराको कलैया उपमहानगरपालिका–६ का ६० वर्षीय रामएकवाल पडित कुम्हालको र बाराकै आदर्शकोतवाल गाउँपालिका–७ घर भई कलैया उमनपा बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारको हो। दुवै शवको नारायणी अस्पतालमा परीक्षण गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको डीएसपी भारतीले बताए।
लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेना प्रमुख बन्दै
लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेना प्रमुख बन्दै गत महिना भारत सरकारले जनरल पाण्डेको पदावधि एक महिना बढाएको थियो। मे ३१ मा अवकाश पाउँदै गरेका पाण्डेको कार्यकाल १ महिना ६ दिन बढाइएको थियो। भारतीय रक्षा मन्त्रालयका अनुसार सन् १९६४ मा जन्मिएका उपेन्द्र द्विवेदी सन् १९८४ मा सैनिक सेवा प्रवेश गरेका थिए। उनले सुरुमा भारतीय सेनाको इन्फ्यान्ट्री जम्मू एन्ड...
नाउपा सांसद रञ्जिता भन्छिन्– ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’मा बजेट थप्नुपर्छ 
नाउपा सांसद रञ्जिता भन्छिन्– ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’मा बजेट थप्नुपर्छ  सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमा यस कार्यक्रमका लागि १० करोड विनियोजन गरेको छ। नागरिक उन्मुक्ति पार्टी अध्यक्षसमेत रहेकी सांसद श्रेष्ठले छोरीहरूलाई रोजगार उन्मुख शिक्षा, सीप प्रदान र उद्यमशील बनाउँदै यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न विनियोजित बजेट न्यून भएको जिकिर गरिन्।
कांग्रेसलाई सरकारमा जान हतार छैन: नेता कोइराला 
कांग्रेसलाई सरकारमा जान हतार छैन: नेता कोइराला  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन्।काठमाडौंमा बुधबार भएको एक कार्यक्रममा नेता कोइरालाले राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा पटकपटक सरकार परिवर्तन भएका बताएका हुन्। नेता कोइरालाले भने, ‘राजनीति वा सरकारको स्थिरता नभई आर्थिक स्थिरता...
हत्या आरोपमा कन्नड अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ 
हत्या आरोपमा कन्नड अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ  अभिनेता दर्शन थुगुडेपाविरुद्ध कामाक्षीपल्या प्रहरी स्टेसनमा जुन ९ मा उजुरी परेको थियो। उनलाई बैंगलोरको मैसूरको फार्म हाउसबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बैंगलोरको चित्तदुर्ग क्षेत्रमा बस्ने रेणुका स्वामी नामक व्यक्तिको हत्यामा अभिनेता दर्शन र अभिनेत्री पवित्राको नाम आएको छ।
फ्लोर क्रस गरेका देवकोटालाई माओवादीले सोध्यो स्पष्टीकरण
फ्लोर क्रस गरेका देवकोटालाई माओवादीले सोध्यो स्पष्टीकरण नेकपा माओवादी केन्द्रले फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका प्रदेश सभा सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा)का नेता फणीन्द्र देवकोटालाई स्पष्टीकरण सोधेको छ। नेकपा माओवादी केन्द्र गण्डकी संसदीय दलले उनलाई बुधबार साँझ ७ बजेसम्म लिखित जवाफ पठाउन निर्देशन दिएको हो।
कुवेतमा नेपालीसमेत रहेको एक क्याम्पमा आगलागी, ४३ आप्रवासी श्रमिकको मृत्यु
कुवेतमा नेपालीसमेत रहेको एक क्याम्पमा आगलागी, ४३ आप्रवासी श्रमिकको मृत्यु कुवेतको एनबीटीसी कम्पनीमा कार्यरत श्रमिकहरू बस्ने क्याम्पमा आगलागी हुँदा ४३ श्रमिकहरूको मृत्यु भइसकेको आन्तरिक मन्त्रालयले जनाएको छ। कुवेतस्थित नेपाली दूतावासकाअनुसार आगलागीमा नेपाली श्रमिक परे वा नपरेको विषयमा खोजी भइरहेको जनाएको छ।
भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण थालिँदै  
भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण थालिँदै   काठमाडौंको भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनःनिर्माणको काम दक्षिण पश्चिम भागबाट सुरु गर्ने निर्णय भएको छ। यसको निर्माण लागत करिब ३६ करोड हुने अनुमान छ।
श्रमाधान रोजगार मेलाः जागिर खोज्ने र दिनेको भीड  
श्रमाधान रोजगार मेलाः जागिर खोज्ने र दिनेको भीड   ललितपुरमा भएको दुई दिने ‘श्रमाधान रोजगार मेला’ मा बुधबार बेरोजगार र रोजगारदाताको भीड लागेको छ। रोजगारदाता र कामदारहरूको सम्पर्क स्थापित गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बागमती प्रदेशस्तरीय रोजगार मेला आयोजना गरेको हो। मेलाको मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उद्घाटन गरेकी थिइन्। 
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ 
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ  १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भोजपुरबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 
Weather Update