News Griha :: न्यूजगृह
कुवेतमा नेपालीसमेत रहेको एक क्याम्पमा आगलागी, ४३ आप्रवासी श्रमिकको मृत्यु

काठमाडौं— कुवेतको माङ्गाफस्थित एक लेबर क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ। घटनामा घाइते भएका ४८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु हुने कामदार कुनकुन देशका हुन खुलेको छैन। उक्त क्याम्पमा नेपालीहरू पनि बस्थे। उनीहरूको अवस्थाबारे यकिन विवरण भइनसकेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ।

कुवेतको एनबीटीसी कम्पनीमा कार्यरत श्रमिकहरू बस्ने क्याम्पमा आगलागी हुँदा ४३ श्रमिकहरूको मृत्यु भइसकेको आन्तरिक मन्त्रालयले जनाएको छ। कुवेतस्थित नेपाली दूतावासकाअनुसार आगलागीमा नेपाली श्रमिक परे वा नपरेको विषयमा खोजी भइरहेको जनाएको छ।

‘दूतावासको टोली क्याम्प र अस्पतालमा खटाइएको छ। प्रहरी र कम्पनीको व्यवस्थापनसँग समन्वय भइरहेको छ,’ घटनास्थलमा रहेका नेपाली दूतावासका उपप्रमुख सुजन बिडारीले भने, ‘त्यस कम्पनीमा नेपाली कार्यरत छन्। तर, नेपाली परे नपरेको पुष्टि भइसकेको छैन।’

बुधबार बिहान ४:३० बजे क्याम्पको तल्लो तलको एउटा कोठामा राखिएको सिलिन्डर बिष्फोट भएर आगो सल्किएको थियो। कम्पनीमा करिब एक सय ६० जना श्रमिक बस्दै आएका छन्। जसमा सबैभन्दा बढी भारतीय श्रमिकहरू छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १८:०७
Weather Update