News Griha :: न्यूजगृह
दशगजामा फेला परेका २ शवको पहिचान

पर्सा — पर्साको जगरनाथपुरस्थित दशगजामा गाडिएको अवस्थामा मंगलबार फेला परेका २ वटा शवको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक भारतीका अनुसार बरामद शफ बाराको कलैया उपमहानगरपालिका–६ का ६० वर्षीय रामएकवाल पडित कुम्हालको र बाराकै आदर्शकोतवाल गाउँपालिका–७ घर भई कलैया उमनपा बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारको हो। दुवै शवको नारायणी अस्पतालमा परीक्षण गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको डीएसपी भारतीले बताए।

जगरनाथपुर– १ विसनपुर्वाबाट भारतको नगरदाहतर्फ जाने बाटोको ओरिया खोला नजिकै नेपाल–भारत सीमा दशगजाको ४२१–५ नम्बरको सीमास्तम्भ नजिकै दुवै शव गाडिएको अवस्थामा फेला परेको थियो।

सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त गस्ती टोलीले मंगलबार ती शव गाडेको स्थानमा स्यालले खोतलेको अवस्थामा भेटेको थियो।  

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १९:५०
Weather Update