News Griha :: न्यूजगृह
 गिरीबन्धु टी–स्टेट जग्गा प्रकरणः विवादबारे ७ बुँदामा चिरफार 

काठमाडौं— झापाको गिरीबन्धु टी–स्टेट प्रालिले गिरीबन्धुको जग्गाबारे अफवाह, भ्रम फैलाइ राजनीतिक खिचातानीको विषय नबनाउन आग्रह गरेको छ। 

गिरीबन्धु टी–स्टेट प्रालिले विज्ञप्ति जारी गर्दै विभिन्न ७ बुँदामा जग्गाबारे यसअघि भएगरेका कामबारे समेत स्पष्ट पारेको छ।  

‘उल्लेखित अवस्था र परिस्थितिको कारण त्यस क्षेत्रबाट चिया बगान हटाउन निरन्तर जन दबाब आएको र स्थानीय जनतासँग राजनितीक दलका स्थानीय प्रतिनिधिहरू समेतको रोहबरमा छलफल हुँदा चिया बगान कायम राख्न तीव्र विरोध आएको कारण उक्त क्षेत्रबाट चिया बगान हटाउनु नै उपयुक्त हुने टुङ्गोमा पुगेर नै उपयुक्त ठाउँमा चिया बगानको ब्यवस्था गर्ने गरी, जग्गा सट्टा-पट्टाको लागी निवेदन गरिएको हो’, विज्ञप्तिमा भनिएको छ। 

यसअघिका विभिन्न सरकारले उक्त जग्गाबारे गरेको निर्णय र सर्वोच्च अदालतको आदेशलाई आधार मान्दै प्रालिले त्यहाँको जग्गाको अधिकार गिरीबन्धु परिवारमा रहेको समेत स्पष्ट पारेको छ। तर गिरीबन्धुको जग्गा सरकारले चियाखेतीका लागि व्यक्तिलाई दिएको जस्तो गरी राजनीतिक घोचपेच हुने गरेको विषयमा स्पष्ट हुन आग्ह गरेको छ। 

‘यो कम्पनी गिरीबन्धु परिवारको निजी जग्गमा चिया बगानको लागि प्रचलित कानुन बमोजिम हदबन्दीसम्म छुट लिएको हो। यो जग्गा हाम्रो परिवारको निजी भएको प्रमाण हामीसँग सुरक्षित छ। कम्पनी स्थापना हुँदा (६० वर्ष अगाडी) राजमार्गको अवधारणा समेत नबनेको हुँदा अहिले आएर महंगो जग्गा बेचेर सस्तो जग्गा खरिद गर्ने चलखेल भयो भन्दै झुठ्ठा र भ्रामक समाचारहरु केही प्रिन्ट मिडिया तथा अनलाइन खबरहरुमा प्रचार भइरहेको साथै सरकारले नै चिया खेतीका लागि गिरीबन्धुलाई सित्तैमा सरकारी जग्गा दिएको जस्तो भ्रमपूर्ण र गलत प्रचारबाजी तथा घोचपेचहरुमा तथा सामाजिक सञ्जालहरुमा सम्प्रेषण भइरहेको हुनाले यस कुराको वास्तविकता नबुझी उल्लेख भएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ। 

त्यस्तै यस्ता विषयहरुको अफवाहमा नलाग्न समेत प्रालिले आग्रह गरेको छ। 


 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १२:३१
Weather Update