News Griha :: न्यूजगृह
उत्तर कोरियाका सेना आफ्नो सीमामा घुसेपछि दक्षिण कोरियाले चलायो गोली

काठमाडौं— दक्षिण कोरियाले छिमेकी उत्तर कोरियाको सीमा नजिकै गोली चलाएको छ। मिडिया रिपोर्टका अनुसार उत्तर कोरियाका लगभग २० देखि ३० सैनिकहरू दुई देशको सीमामा प्रवेश गरेपछि दक्षिण कोरियाले गोली चलाएको बताइएको छ। 

दक्षिण कोरियाली सेनाले उनीहरूलाई चेतावनी दिन गोली चलाएको दक्षिण कोरियाली सञ्चारमाध्यमले पुष्टि गरेका छन्। 

घटना आइतबार दिउँसो भएको हो। जसको विवरण अहिले बाहिर आएको हो। रिपोर्टका अनुसार गोलाबारीपछि उत्तर कोरियाली सैनिकहरू आफ्नो देश फर्किएका छन्।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले उत्तर कोरियाली सैनिकसँग निर्माण औजार रहेको बताएका छन्। तीमध्ये केहीसँग हतियार पनि थियो। उनीहरु दक्षिण कोरियाको सिमानाको ५० मिटर भित्र आएका थिए। 

यस विषयमा उत्तर कोरियाको तर्फबाट हालसम्म कुनै वक्तव्य आएको छैन। समाचार एजेन्सी एपीका अनुसार दक्षिण कोरियाको सेनाले अनुसन्धानपछि उत्तर कोरियाली सैनिकले अनजानमा सीमा पार गरेको हुन सक्ने सम्भावना व्यक्त गरेको छ। वास्तवमा दुई देशको सिमाना छुट्याउने लाइनमा स्पष्ट हस्ताक्षर नभएकाले उनीहरु झुक्किएर आएको हुनसक्ने पनि बताइएको छ।

सन् २०१८ मा उत्तर कोरियाका शासक किम जोङ उन सीमा पार गरेर दक्षिण कोरिया पुगेका थिए। उनलाई त्यहाँ राष्ट्रपति मुन जे यीनले स्वागत गरेका थिए। सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध अन्त्य गर्ने सम्झौताअनुसार यो सीमाना निर्माण गरिएको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०९:०५
Weather Update