भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा

चितवन— भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार ५०८ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ।
महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन्।
वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको एक गैरसरकारी संस्थाले मङ्गलबार सो तथ्याङ्क सार्वजनिक गरेको हो। हाल ३० हजार पाँच सय ५५ जना विदेशमा रहेका र ११ हजार दुई सय ३१ जना नेपाल फर्किएका छन्।
तथ्याङ्कअनुसार वैदेशिक रोजगारीमा गएका मध्ये ७६ दशमलव १२ प्रतिशत पुरुष र २३ दशमलव ८८ प्रतिशत महिला छन्।
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१ ०९:५७













