विनियोजन विधेयकमा आज पनि प्रतिनिधि सभामा छलफल हुने

काठमाडौं— प्रतिनिधि सभामा मङ्गलबारदेखि सुरु भएको विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमा बुधबार पनि छलफल जारी रहनेछ।
यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
बुधबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल हुनेछ।
मङ्गलबार विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भएको थियो।
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१ ०६:४०