दाङबाट काठमाडौं आउँदै गरेको बस रूपन्देहीमा दुर्घटना

काठमाडौं— रूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्।
दाङबाट काठमाडौं आउँदै गरेको रा१ख २७८३ नम्बरको बस गएराति रूपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी मनोहरप्रसाद भट्टले बताए।
घाइतेको बुटवलका विभिन्न उपचार भइरहेको छ। १९ जना डिस्चार्ज भइसकेका छन्। अन्य २४ जनाको उपचार जारी छ।
बसका सहचालक गम्भीर घाइते छन्। उनको पहिचान खुल्न सकेको छैन।
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१ ०८:३६













