News Griha :: न्यूजगृह
बरिष्ठ गायक शिशिर योगीको नयाँ गीत ‘तिमी बन्नु मेरो सहारा’ सार्वजनिक [भिडिओसहित]

काठमाडौं— बरिष्ठ गायक शिशिर योगीको स्वरमा रहेको ‘तिमी बन्नु मेरो सहारा’ बोलको गीत सार्वजनिक भएको छ।

‘यो देशमा म एउटा मानिस खोजी रैछु’ जस्ता चर्चित गीतका स्रष्टा हुन् शिशिर योगी। यो गीतमा उनकै स्वर छ। गीतमा संगीत पनि योगीकै रहेको छ। शब्द संकलन भने हरिहर तिमिल्सिनाको हो।

वरिष्ठ सेक्सोफोन बादक अमूल कार्कीढलीको संगीत संयोजन रहेको गीतमा गितार बादक सञ्जीव बराइली छन्। लोकेश भाटले भिडिओ मेकिङ गरेको गीतलाई वर्ल्ड कभर मिडिया प्रालिले प्रोडक्सन गरेको हो।

शिशिर योगी युट्युव च्यानलबाट गीत बजारमा ल्याइएको हो। नवीन खालको प्रेमभाव मिश्रित गीत भएकाले राम्रो चर्चा बटुल्ने विश्वास लिइएको योगीले लिएका छन्।

हेर्नुहोस् भिडिओ

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०८:४५
Weather Update