News Griha :: न्यूजगृह
नेपाल र श्रीलङ्काबीचको खेल रद्द

काठमाडौं— आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलङ्काबीचको खेल वर्षाको कारण रद्द भएको छ। योसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।

मंगलबार राति देखि नै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो।

आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ। त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुबै टोलीले १–१ अंक बाँडेका हुन्।

जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल मात्रै रद्द भएको छ। अन्य २२ मध्य २१ खेलको नतिजा आएको थियो।

नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको थियो। उता श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बङ्गलादेशसँग २ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०६:२०
Weather Update