बालेनको बालहठ र पदीय मर्यादा शुक्रबार, असार ८, २०८०
अवैध लागुऔषध कारोबार गर्ने ५ विदेशी सहित १२ पक्राउ शुक्रबार, असार ८, २०८० नेपाल प्रहरीले अवैध लागुऔषध कारोबार गर्ने पाँच जना विदेशी नागरिक सहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरूबाट बरामद लागुऔषधको अनुमानित बजार मूल्य २ करोड ३३ लाख १५ हजार २५० रहेको प्रहरीले बताएको छ ।

नेपाल एअरलाइन्सका दुई पाइलट निलम्बित शुक्रबार, असार ८, २०८० प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका दुई पाइलट को–को हुन् भन्ने खुलाएको छैन ।

प्रमुख खाद्यान्न बालीको सिजन पूर्वनै समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको छ : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, असार ८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उपजमा उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको बताएका छन् ।

विदेशबाट आएका मोबाइल फोन असारभित्र दर्ता गरिसक्नुपर्ने शुक्रबार, असार ८, २०८०

मुलुकको सार्वभौमसत्ता रक्षाका लागि सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, असार ८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमसत्ताको रक्षाका लागि सरकार संवेदनशील रहेको बताएका छन् ।

मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा साँचो होइन : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, असार ८, २०८० शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संघीयताको मर्म अनुरूप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको बताए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्लियरको काम आगामी आर्थिक वर्षभित्र सक्छौँ : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, असार ८, २०८० शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट सुनिश्चित गर्ने गरेको बताए ।

विकास मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै हुन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, असार ८, २०८० ‘यसमा नेपाल सरकारको गम्भीर रूपले ध्यानकर्षण भएको छ । सबै मान्य सदस्यहरूले यो विषयलाई दीर्घकालीन रूपमा विचार गर्न जरुरी छ,’ उनले भने ।

बाढी, पहिरो र सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण शुक्रबार, असार ८, २०८० प्रतिनिधि सभाको शून्य समयमा सांसदहरूले बाढी, पहिरो र सडक दुर्घटनाका कारण मुत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सदनमा उठाइएका प्रश्नको जवाफ दिने जिम्मेवारीबाट सरकार पछि हटेको छैन : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, असार ८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा उठेका प्रश्नको जवाफ दिने जिम्मेवारीबाट सरकार पछि नहटेको जिकिर गरेका छन् ।

मेरो तयारीमा कमजोरी देखियो : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, असार ८, २०८० शुक्रबार सांसद अम्बिका बस्नेतले शिवपुरी राष्ट्रिय निकुञ्जलाई प्रवेश शुल्क बुझाउनुपर्ने विभेदकारी व्यवस्थाबारे उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो तयारीमा कमजोरी भएको बताए ।

आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत शुक्रबार, असार ८, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्ने बताएका छन् ।









