News Griha :: न्यूजगृह
बाढी, पहिरो र सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण
फाइल तस्बिर ।

काठमाडौं— प्रतिनिधि सभाको शून्य समयमा सांसदहरूले बाढी, पहिरो र सडक दुर्घटनाका कारण मुत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

शुक्रबारको बैठकमा सांसदहरू हितराज पाण्डे,  एकनाथ ढकाल, राजेन्द्र बजगाईं र रामहरि खतिवडाले विपद् जोखिम न्यूनीकरणका लागि र सडक निर्माणका क्रममा पर्याप्त ध्यान नदिइएकाले यस्तो समस्या आएको बताए । उनीहरूले असार आएपछिको विकास निर्माण गर्ने प्रवृत्ति अन्त्य गर्न पनि आग्रह गरे । 

सांसद देवेन्द्र पौडेलले विद्यालय कर्मचारीको सुविधा वृद्धिका लागि गम्भीर हुन माग गरे । सांसद प्रेम सुवालले नागरिकता जस्तो विषयलाई हेलचक्रयाइँ नगर्न आग्रह गरे । रासस

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १२:१९
Weather Update