News Griha :: न्यूजगृह
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्लियरको काम आगामी आर्थिक वर्षभित्र सक्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आर्थिक वर्ष २०८०/८१ भित्र साइट क्लियर गरिसक्ने योजना रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट सुनिश्चित गर्ने गरेको बताए । 

उनले राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने गरिएको  बताए । रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको पनि उनको भनाइ छ । उनले राष्ट्रिय गौरवका आयोजनाहरू र अन्य प्राथमिकता आयोजनाहरूको जग्गा अधिकरण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताए । 

राष्ट्रिय गौरवका आयोजनाहरूमा आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायहरूमार्फत सम्बोधन गरिने उनले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १२:३९
Weather Update