News Griha :: न्यूजगृह
विकास मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै हुन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै गर्नु जरुरी देखिएको बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रम प्रधानमन्त्री प्रचण्डले वर्षायाम सुरु भएसँगै मुलुकका विभिन्न जिल्लामा बाढी पहिरोको कारण जनधनको क्षति भएको भन्दै बाढी पहिरो रोक्नको लागि मुलुकको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै बनाउनु पर्ने आवश्यकता देखिएको बताए । 

उनले सरकार र स्थानीय तहले मुलुकको भौगोलिक अवस्थितिको बारेमा अध्ययन नगरी विकास मोडालिटी बनाएर बाढी पहिरोका घटना दोहोरिरहने अवस्था देखिएको बताए । 

सरकारले बनाउने विकासको मोडालिटीको विषयमा गम्भीर रहेको उनको भनाइ छ । ‘यसमा नेपाल सरकारको गम्भीर रूपले ध्यानकर्षण भएको छ । सबै मान्यसदस्यहरूले यो विषयलाई दीर्घकालीन रूपमा विचार गर्न जरुरी छ,’ उनले भने । 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १२:२८
Weather Update