News Griha :: न्यूजगृह
अवैध लागुऔषध कारोबार गर्ने ५ विदेशी सहित १२ पक्राउ

काठमाडौं— प्रहरीले लागुऔषध कारोबार गर्ने पाँच विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

काठमाडौं उपत्यकामा लागुऔषध अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

शुक्रबार पत्रकार सम्मेलन गर्दै ब्युरोले जेठ २८ गते काठमाडौं महानगरपालिका ९ सिनामंगलबाट भारतको बिहार राज्य मथुरा ग्राम ठेगाना भएका वर्ष २७ का हेमन्तकुमार भगतलाई लागुऔषध खैरो हेरोइन १०० ग्रामसहित नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गरी पेस्तोल खोस्ने प्रयास गर्दा जवाफी कारबाहीमा परी घुँडा भन्दा तल गोली लागि उपचारको क्रममा रहेको र निजसँग सोधपुछ गर्दा भारतको बिहर राज्य सुपौला जिल्ला दौलतपुर घर भइ हाल सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २८ का रामभजन भन्ने सञ्जीव कुमारको समेत संलग्नता रहेको भन्ने खुल्न आएको र निजलाई सुनसरीबाट असार ६ गते पक्राउ गरिएको बताएको छ । 

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीले जेठ २९ गते साढे ५ बजे टर्किस एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट इस्तानबुल हुँदै स्टर्गट (जर्मन) जान लागेका जर्मन नागरिक पाउल वेस्र्टले साथमा ल्याएको २ वटा सुटकेस चेकजाँच गर्दा सुटकेसभित्र लागुऔषध चरेस ६ केजी ८६० ग्राम बरामद भएको र जर्मन नागरिकलाई पक्राउ गरिएको बताए । 

उनले असार ३० गते ललतिपुर महानगरपालिका ११ बाट चितवनका वर्ष २९ का महेश चौधरीलाई लागुऔषध कोडिन १६ बोतलसहित पक्राउ गरेको, असार ५ गते काठमाडौं महानगरपाकिला १६ बाट चन्द्रागिरी नगरपालिका ८ का वर्ष २९ का सुगम मैनालीलाई एलएसडी स्टिकर ७ पिससहित पक्राउ गरेको, असार ५ गते काठमाडौं महानगरपालिका २९ बाट कामनपा १८ का वर्ष २४ का मुखिया गुरुङलाई अवैध लागुऔषध कोकिन ३ जीएम ७ सय एमजी सहित पक्राउ गरिएको र अनुसन्धानको सिलसिलामा उक्त कारोबारमा संलग्न मोरङका वर्ष २६ का बच्चन भन्ने राज गौतम र चेक रिपब्लिक देशका वर्ष ३२ का मार्टिना सेर्नालाई एलएसडी स्टिकर २६ थान तथा मेथाम्फेटामाइन ४ सय एमजीसहित कास्कीस्थित पोखराको एक होटलबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको बताए । 

उनले असार ६ गते नेपाल प्रहरीले कामनपा १६ स्थित एक होटलबाट इटालियन नागरिक वर्ष ३४ का डेभिडमिनाडिओलाई अवैध लागुऔषध चरेस ६ ग्रामसहित पक्राउ गरी थप अनुसन्धानको सिलसिलामा कामनपा २६ स्थित एक होटलबाट कोठा खानतलासी गर्दा एलएसडी स्टिकर १ हजार ९८ थान, मेथाम्फेटामाइन ३८ ग्राम, भारतीय रुपैयाँ १ लाख ३९ हजार, युरो, ७ सय, टर्किस रुपैयाँ ५३०, थाई भाट ५० सहित पक्राउ गरिएको बजानकारी दिए । 

LSD Drug1687507797.JPG
एलएसडी ड्रग

त्यस्तै, प्रहरीले असार ७ गते कामनपा २६ बाट धादिङ रुबीभ्याली २ का वर्ष ४२ का दावा तामाङ र सोही स्थान वडा ४ का वर्ष ३३ का नरबहादुर तामाङलाई लागुऔषध २ ग्राम ४५० मिलिग्राम सहित पक्राउ गरिएको जनाएको छ । असार ७ गते नै ३ः३५ बजेको इण्डियन एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँँदै ओमानको मट जान लागेका झापा भद्रपुर नगरपालिका ४ का वर्ष २५ का सुमन लिम्बूलाई अवैध लागुऔषध गाँजा ४ केजी ७५० ग्राम सहित फेला पारी पक्राउ गरेको जनाएको छ । 

बरामद लागुऔषधको अनुमानित बजार मूल्य २ करोड ३३ लाख १५ हजार २५० रहेको प्रहरीले बताएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १३:४४
Weather Update