News Griha :: न्यूजगृह
नेपाल एअरलाइन्सका दुई पाइलट निलम्बित
फाइल तस्बिर ।

काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एअरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन गरेको पाइएकाले उनीहरूलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । 

उनका अनुसार निलम्बनमा परेका पाइलटले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिजर’ पनि पालना नगरेको पाएको हो । प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका दुई पाइलट को–को हुन् भन्ने खुलाएको छैन । रासस

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १३:२३
Weather Update