News Griha :: न्यूजगृह
मेरो तयारीमा कमजोरी देखियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा आफ्नो तयारीमा कमजोरी देखिएको स्वीकार गरेका छन् । 

शुक्रबार सांसद अम्बिका बस्नेतले शिवपुरी राष्ट्रिय निकुञ्जलाई प्रवेश शुल्क बुझाउनुपर्ने विभेदकारी व्यवस्थाबारे उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो तयारीमा कमजोरी भएको बताए । 

सांसदका प्रश्नको लिखित जवाफ दिएका प्रधानमन्त्री प्रचण्डले केही पाना पल्ट्याउँदै फेरि प्रश्न गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहपछि सांसद बस्नेतले पुनः प्रश्न सोधेकी थिइन् । 

जवाफमा प्रधानमन्त्री प्रचण्डले यस विषयमा सरकारले पहल गरिरहेको बताए । 

प्रधानमन्त्री प्रचण्डले प्रश्नकर्ता सांसदको नाम दोहोर्‍याउन पनि आग्रह गरेका थिए । ‘मेरो चाहिँ थोरै तलमाथि परेछ,’ उनले भने । 

प्रधानमन्त्री अलमलिएपछि सांसदहरू मुस्कुराएका थिए । 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १२:०३
Weather Update